जेपि भण्डारी,
प्युठान (स्वर्गद्वारी) । स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ प्यूठान स्थित एक सभ्य तथा पूर्ण आनिबानी परिवर्तन धनबाङ्ग गाउँमा अबदेखि मोटरबाटो जोडिएको छ । सहज यातायात नहुँदा ओझेलमा परेको धनबाङ्ग होमस्टे मोटरबाटो सुचारु भएसँगै चहल पहल हुनेमा स्थानीय खुसी भएका छन ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ धनबाङ् खोलादेखि सिधै धनबाङ्ग गाउँ जानको लागि हालै ७ किलोमिटर बाटो निर्माण सम्पन्न भएको छ । बिगतमा भिङ्ग्री बजारदेखी स्वर्गद्वारी हुँदै धनबाङ् जानको लागि करिब २२ किलोमीटरको यात्रा गर्नुपर्ने बाध्यता थियो ।
नेपालको प्रसिद्ध पर्यटकिय धार्मिक स्थल स्वर्गद्वारी मन्दिर पुग्ने दर्शनार्थीहरू चाहेर पनि पहिले स्वर्गद्वारीलाई लक्षित गर्दै बनाईएको आकर्षक होमस्टे, प्राकृतिक सौन्दर्यता, नेपालकै पहिलो व्यवस्थित नमुना गाउँलाइ सुन्दर भएरपनि सडक असुविधाले पहिचान गराउन नसकिएको स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख स्वकीय सचिब रमेश पोख्रेलले बताउनु भयो ।
तिर्थयात्रि र पर्यटकहरुलाइ भिङ्ग्री बजारदेखी सिधै स्वर्गद्वारी जाने दर्शनार्थीहरूको लागि धनबाङ्ग जानको लागि उल्टो हुने गर्दथ्यो । स्वर्गद्वारी मन्दिरदेखी अझै धनवाङ पुग्न ८ किलोमीटर अगाडि गएपछी आकर्षक होमस्टे भएको धनवाङ पुग्न सकिने सुविधा भएको पोख्रेलले बताउनु भयो । सडक असुविधाले महत्व बढी भएपनि अब भने होमस्टेमा आनन्द लिएर मात्र स्वर्गद्वारी मन्दिर जान चाहाने दर्शनार्थीहरुलाइ सहज भएको छ ।
अतिथि सत्कारको पूर्ण व्यवस्थित धनबाङ्गको संस्कृति तथा आकर्षक होमस्टेको बसाइँ व्यवस्थापनको आनन्दाभुती लिएर स्वर्गद्वारी जाने पर्यटकको लागि एक महत्त्वपूर्ण केन्द्रबिन्दु रहेको धनबाङ्ग गाउँलाई छोटो दुरीमा जोड्ने र त्यहाँबाट स्वर्गद्वारी यात्राको लागि पर्यटकलाई सहजता तुल्याउने एक सपना पूरा भएको भन्दै नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनुभयो । यस्तै मोटरबाटो निर्माणले यतीमात्र नभइ धनबाङ्गको सुन्तला खेती , उत्कृष्ट तरकारी खेतीको लागि पनि निकै सहज भएको बताउनु भयो ।
आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाबाट २० लाख रूपैयाँ बजेट बिनियोजन गरि उपभोक्ता समिति मार्फत काम सुरू गरेर उक्त मोटरबाटोको निर्माण कार्य सुरू गरेको र आर्थिक वर्ष २०७६/०७७ मा उक्त मोटरबाटोको लागि नगरपालिकाको पहलमा प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट पार्न सफल भएको हुनाले उक्त मोटरबाटो निर्माण कार्य सम्पन्न गर्न सकेको नगर प्रमुख रोकायाको भनाई छ ।
५० लाख बजेटमा टेन्डर आह्वान गर्दा २३ लाखमा योजना अनुरूप काम गर्न निर्माण कम्पनीले ठेक्का हालेपछि काम अगाडि बढेको हो । निर्माण कम्पनीले छोडेको २७ लाख बजेटलाई पनि फेरि नगरप्रमुखको पहलमा कोलनिका तथा प्रदेश सरकारसङ्गको अनुरोध अनुसार २७ लाख बजेट फेरि फिर्ता ल्याएर सोही बाटोको लागि टेन्डर आह्वान गरि १५ लाखमा निर्माण कार्यलाई अगाडि बढाई फेरि छोडिएको बजेट १२ लाखलाई उहीँ प्रक्रियाद्वारा नगरपालिकामा भित्राउन सफल भइ मोटरबाटोलाई पूर्णता दिन सफल भएको नगरप्रुखको जिकिर छ ।
अहिले ट्र्याक खोलिएको र आगामी वर्षका बजेटमा यसलाई क्रमश व्यवस्थित गराउदै लगेर एक व्यवस्थित मोटरबाटो बनाई यसलाई महत्वपूर्ण मार्गको रूपमा स्थापित गर्ने योजना रहेको नगर प्रमुख रोका क्षेत्रीले बताउनु भयो । बजेटलाई पुन स्थापित गर्नको लागि वडा नम्बर ५ का वडा अध्यक्ष हिरामाणी भण्डारीको पनि महत्त्वपूर्ण योगदान रहेको बताउदै नगरप्रमुखले यसको स्तरोन्नतिले सिङ्गो नगरपालिकाको पहिचान तथा विकासमा ठुलो टेवा पुर्याउने बताउनु भयो ।
वडा नम्बर २ का वडा अध्यक्ष मिनराज रानाले अब भने भिंगृ बाटुलेदेखि धनबाङ्ग ७ कि.मि.मात्र दुरि रहेको र खाल वडा कार्यालयसम्म १२ कि.मि. तथा स्वर्गद्वारी सम्म १६ कि.मि.दुरी रहेको बताउदै यस सडक जोडिदा स्थानीय बासीहरू निकै खुसी भएको बताउनु भयो । कृषि र पर्यटनमा यो सडकले थप सहयोग पुराउने भन्दै रानाले सडक निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुराउने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।