ट्रेन्डीङ्ग

दिपक एमसी,

प्युठान खवर । झिमरुक गाउपालिका ३, आफ्रेखोलामा सलह भगाउनका लागी आगो बाल्ने क्रममा एक गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । बुधवार दिउँसो बारीमा आएका सलह भगाउनका लागि आगो बाल्दै गर्दा यस्तो घटना भएको हो । झिमरुक गाउपालिका ३, ओखरकोट अन्तर्गत आफ्रेखोला निवासी कल्पना जिसीको गोठमा आगलागी भएको हो ।

सलह भगाउँदा गोठमा आगलागी । फोटो दिपक एमसी

उहाँ बारीमा सलह लखेट्दै गर्दा उहाका १० वर्षीय छोराले आगो बाल्दै गर्दा गोठमा आगो सल्किन पुग्दा आगलागी भएको बताइएको छ । आगलागीबाट गोठमा रहेका घाँस, दाउरा, पराल सहित गोठ पूर्णरुपमा नष्ट हुदा लाखौको क्षति भएको छ । जिसिका अनुसार सलहबाट मकै बाली बचाउन लाग्दा लाखौको क्षति भएको छ ।

 

उहाँले बरु मकै सलहले खाएको भए कम क्षति हुने बताउँदै गोठ र अन्य सामग्रि नष्ट हुन पुगेको जानकारी दिनुभयो । नजिकैमा रहेको घरमा समेत आगो सल्किन लाग्दा स्थानीयहरुले सहयोग गरेर घर बचाउन सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय