ट्रेन्डीङ्ग

प्यूठान खवर । पछील्ला केहि समय यता कोरोना भाइरसको चर्चासँगै सलह किराको पनि चर्चा उत्तिकै छ । आइतवार बुटवलमा सलह किरा देखियो भन्ने खवरसँगै सोमवार पनि सलह किरा आएको खवर थियो । मंगलवार दिउँसो प्युठान उपत्यकामा सलह किराको लस्करले जिल्लावासि चकित नै परे ।

 

झिमरुक नदि माथिबाट बाग्दुला क्षेत्रमा मात्रै करिव १ घण्टा सलह किरा सलसल्ति सल्कियो । यो किरा प्युठान उपत्यकामा प्रवेश गरेपछी धेरैले सामाजिक सञ्जालमा फोटो र भिडियो पोस्ट गर्नेको होडबाजी नै चल्यो ।

 

जिल्लामा सलह (कीरा) जिल्लाका लगभग प्राय सबै स्थानमा सलह प्रवेश गरेकोमा किसान चिन्तित बनेका छन् । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो ।

 

सोमबार बेलुका भित्रिएको सहल अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् । जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोट नारीकोट खुङ पुजा लगायत ठाउँमा सलह देखिएपछि किसानले आगो बालेर धपाउने गरेका छन ।

 

गाउँमा सलह देखिएपछि किसानले बाजागाजा बजाउने, आगो बाल्ने र थाल ठटाएर धपाउन बिभिन्न जुक्ति निकाली लखेट्ने काम गरिरहेका छन् । यसअघि आइतबार सरुमारानी गाउँपालिकाको बाङ्गेसालमा फाट्टफुट्ट सलह देखिएको थियो । अहिले ठूलो झुण्डमा सलह देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय