प्युठान (झिमरुक) । झिमरुक गाउँपालिका प्युठानले स्थानीय कृषक समुह तथा कृषी सहकारीहरुलाइ मिनिटिलर बितरण गरेको छ । प्रदेश नं ५, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ब्यवसायिक कृषी खेती प्रणालि सुधार गर्ने उद्देश्यले मिनिटिलर मंगलवार बितरण गरेको हो । गाउँपालिकाका अनुसार ६ वटा कृषक समुह तथा कृषी सहकारीलाइ एक कार्यक्रमको आयोजना गरी वितरण गरीएको गाउँपालिका कृषी इकाइ प्रमुख टेक बहादुर बिकले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाइ ५० प्रतिशत अनुदानमा बितरण गरीएको हो । एउटा मिनिटिलर खरिद गर्न १ लाख १५ हजार लागेको बताउँदै उहाँले समुह तथा सहकारीले ५७ हजार ५ सय रुपैयाँ लगानी गरेका छन ।
गाउँपालिकाले कुल ८ लाख ५ हजारमा मिनिटिलर खरीद गरेको हो । ६ वटा मिनिटिलर समुह तथा सहकारी र झिमरुक गाउँपालीकाले संचालन गरेको कृषि तालिम तथा नमुना प्रदर्शनी केन्द्रका लागि समेत १ वटा मिनिटिर बितरण गरीएको हो । गाउँपालिकाले संचालन गरेको तालिम तथा प्रदर्शनी केन्द्रलाइ भने सत प्रतिशत अनुदान दिइएको छ । ५० प्रतिशत अनुदानमा मिनिटिलर लैजानेहरुमा डाँडाखर्क कृषक समुह झिमरुक १, प्रगतीशिल महिला कृषक समुह झिकरुक १, सगरमाथा कृषक समुह झिकरुक ३, मिलिजुलि शिदेश्वरी कृषक समुह झिमरुक ७, मधुकुण्ड सहकारी संसथा लि झिमरुक २, खड्क निशान साना किसान सहकारी संस्थ झिमकरुक ५ रहेका छन् ।
यी मिनीटिलर जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य ज्यूको प्रमुख आतित्थयतामा वितरण गरीएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ता सिताराम केसीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले परम्परागत खेती प्रणाली त्यागी ग्रामिण समुदायका कृषकहरु आधुनीक कृषी प्रणालीमा लाग्नुको बिकल्प नरहेको उल्लेख गर्नुभयो । उहाँले जीविको पार्जनका लागि मात्र कृषी खेती नगरी मुनाफा सँग जोड दिन सबै कृषकलाइ आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलक जिसीले कृषकहरुबाट अन्ष धेरै सामग्रिको माग रहेपनि मुख्यमन्त्री ग्रमीण विकास कार्यक्रमत अन्तर्गत वितरीत सामग्रि सुरक्षीत गर्दै ब्यवसायिक उन्नतिका लागि भरपुर उपयोग गर्न सुझाव दिनुभएको थियो । कतिपय स्थानमा अनुदानमा पाएका माल वास्ता नगर्ने परिपाटी रहेको उल्लेख गर्दै झिमरुकवासी पुर्ण सदुपयोग गर्नेमा उहाँको विश्वास थियो । कार्यक्रमको सहजीकरण तथा सञ्चालन प्रशासन सहायक दामोदर पोख्रेलले गर्नुभएको थियो ।