कोरोना भाइरस(कोविड–१९) को महामारीबाट नेपाल अछूतो रहेन। कोरोना पुष्टि हुनेको संख्या बढ्दो छ। वि.सं. २०७६ साल चैत ११ गतेदेखि लागु भएको लकडाउन यथावत छ। लकडाउनले यस महामारी न्यूनीकरण गर्नका लागि सहयोगी भूमिका खेलेको छ। भर्खरै सरकारले आउँदो आर्थिक वर्ष २०७७/०७८ को बजेट अगाडि सारेको छ। बजेटले कोरोना भाइरस रोकथाम, उपचार र सुरक्षाको विषयमा सम्बोधन गर्नुका साथै कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव कसरी कम गर्ने र आउँदा दिनहरूमा यसले पार्ने दूरगामी असरसँग जुध्दै कस्तो आर्थिक नीति तय गर्ने भन्ने कुरामा पनि बजेटले ध्यानदिन खोजेको छ। विदेशबाट फर्कने नेपाली र कोरोना भाइरसका कारण विदेश जान रोकिएको जनशक्तिलाई कसरी आर्थिक व्यवस्थापन गर्ने भन्ने विषयमा राज्यले दिगो आर्थिक विकासको रामवाणका रूपमा कृषिक्षेत्रको विकासलाई जोड दिएको छ।
चालु आर्थिक वर्षको बजेटभन्दा७ अर्ब रकम बढाएर कृषि क्षेत्रका लागि ४१ अर्ब ४० करोड रकम बजेटमा विनियोजन गरेको छ। कृषि क्षेत्रमादिगो र दीर्घकालीनविकासको खासै खाका यस बजेटले कोर्न सकेको छैन। शबनम चाटेर कहाँप्यास मेटिन्छ र ? निर्मम सोच र पक्का योजनाले मात्र गन्तव्यमा पुग्न सकिन्छ। अहिले राष्ट्रिय आम्दानी र गाँस÷बासले जति भ्याएको छ त्यसअनुरूप कृषिमा सुधार, विकास,आधुनिकीकरणलाई अगाडि बढाउनुपर्ने भएको छ। कृषि क्षेत्रको दीर्घकालीनयोजनाको अभावसँगै अहिले कृषि क्षेत्रमा हानि पु-याउन सक्ने सलहको संभावना देखिनथालेको छ।
सलह अफ्रिकी मुलुक केन्या, सोमालिया, युगान्डा, दक्षिणी सुडान, इथियोपिया, इरान, पाकिस्तान हुँदै भारतको पञ्जाव, राजस्थान र गुजरातराज्यहरूसम्म आइपुगिसकेको छ। यसको रोकथामका लागिभारतलगायत अन्यदेशले विभिन्न कदम चालिरहेका सञ्चार माध्यमहरूमा आएको छ। विभिन्न अफ्रिकीमुलुकका साथै दक्षिण एसियाली देशहरूमा यसको ठूलो प्रभाव देखिएको छ। मकै, गहुँ जस्ता अन्नबाली मन पराउने सलहले अन्य खाद्यान्न बाली तोरी, मसलालगायत कपास खेतीमा पनि नकारात्मक प्रभाव पार्न सक्छ। सलह फटेङ्ग्रावर्गको अलिक ठूलो आकारको उड्ने कीरा हो। यो मिचाहा प्रवृत्तिको हुने गर्छ। विश्वमा धेरै प्रकारका सलह पाइने गर्छन्। त्यसमध्ये प्रमुख सलहमा उत्तर अमेरिकी सलह (डिसोसटेइरा लङ्गिपेनिस), मरुभूमीय सलह (सिस्टोसेरा गिर्गेरियां) दक्षिण अफ्रिकी(लोकस्टा नपरडालिना), (नोमाड्क्रिस सेम्टिमफ्सियटा), दक्षिण अमेरिकी (सिस्टोसेरा क्यासिलाटा) र इटालियन(क्यालिपटामस इटालिकस)सलह महत्वपूर्ण मानिन्छन्। यिनीहरूमध्ये मरुभूमीय सलहहरू लामो दूरीको यात्रा तय गर्न सक्ने प्रजातिका मानिन्छन्।
”हवाईजहाजबाट छर्कने विषादी, विषालु खाने कुरा राखिदिनु केमिकल कीटनाशकको प्रयोग, खेती भूमिमा धुवाँ गराउने, जाल प्रयोग गर्ने, ठूलो आवाज गराउने आदि यसलाई रोक्ने/भगाउने प्रमुख उपाय देखिएका छन्।”
इनसेक्टा क्लासकोे टेरिगोटा(पखेटा पाइने) सब–क्लास, आँर्थाप्टेरा वर्गको ऐक्रिडाइइडी परिवारको सलहको साँघुरो जालीदार पखेटा हुन्छ। दुई जोडी पखेटामध्ये अगाडिको साँघुरो सानो हुन्छ भने पछाडिको पखेँटा ठूलो हुन्छ।जुन बलियो हुन्छ। यिनीहरूमा बलियो र चपाउने खालको‘माउथ पार्ट’ हुुन्छ। सलहमा साधारण प्रकारको बच्चादेखि वयस्क हुने प्रक्रिया(मेटामोरफोसिस) हुनाले पहिले अण्डाबाट वयस्क जस्तै तर धेरै विकसित नभएको र पखेटा पनि नभएको अवस्थाको विभिन्न निम्फहरू(होपर/अविकसित वयस्क)को अवस्थापार गरिसकेपछि एउटा विकसित पखेटा सहितको वयस्क सलह तयार हुन्छ।
जीवनचक्रको दौरानमा सलहले माटोको कोस्ट (सेल)बनाएर २० देखि १०० वटा अण्डा पार्ने गर्छ। गरम जलवायुमा१० देखि २० दिनभित्र बच्चा तयार हुन्छ। तर उत्तरी अक्षांशतिरका स्थानमा जाडोभरि नै सुषुप्त रहने गर्छ। शिशु सलहमापखेटा हुँदैन। शिशु सलहको भोजन खास गरी वनस्पति हो। शिशु सलह पाँचदेखि छ हप्तामा वयस्क हुने गर्छ। यस अवधिभित्र चारदेखि पाँचपटक यसको छाला तथा रङ बदलिने गर्छ। वयस्क सलह १० दिनदेखि ३० दिनभित्रप्रौढ हुने गर्छ र अण्डा पार्न थाल्छ। सलहको कुनै कुनै जातिमा यो काम धेरै महिनापछि हुने गर्छ। सलहको विकास आद्र्रता र तापक्रममा अत्याधिक निर्भर रहन्छ। कुनै प्रजातिमा यो प्रक्रिया ढिलो पनि भएको पाइन्छ। यो चारदेखि पाँचमहिनासम्म बाँच्ने गर्दछ। तापक्रम र मौसममा सलह धेरै निर्भर हुने भएकाले तापक्रम र मौसमले सलहको जीवनचक्रमा ठूलो प्रभाव पारेको हुन्छ।
समुह बाँधेर हिँड्ने सलहले लामो दूरीको यात्रा गर्नुका साथै धेरै अन्नबालीमा क्षति पु-याउने गर्छ। यसले अन्न बाली लगायत अन्य रुख, बुट्यानलाई पनिआहारा बनाउने गर्छ। समूह बाँधेर धेरैे संख्यामा एकैपटक हिँड्ने हुँदा छोटो समयमा नै धेरै अन्नबालीलाई क्षति पु-याउने स्वाभाविक देखिन्छ। युनाइटेड नेसन्स फुड एन्ड एग्रिकल्चर अगनाइजेसन(एफएओ)ले सलहलाई ‘लोकस्ट प्लेग’को नामदिएको छ। करोडौँको संख्यामासलह १०० देखि १३० किलोमिटरको दैनिक यात्रा तय गर्ने विभिन्न अध्ययनले देखाएको छ।सलहले आफ्नो वजन बराबरको खानाखान सक्छ। साधारणतया दिवा समयमा उड्ने सलहहरूको गति रातको समयमा भने शून्य हुन्छ। सलहकोे‘आउटब्रेक’ हुँदाको अवस्थामा धेरै क्षति भएको पाइन्छ। खास गरेर प्रतिकूल वातावरणका कारण सलहले आफ्नो निवास स्थानपरिवर्तन गर्ने गर्छ। कैस्पियन सागर, मरुभूमीय घाँसे मैदान, मध्य रुसको गर्मी माटो, फिलिपिन्सका जंगलहरूमहत्वपूर्ण‘आउटबे्रक’ हुने स्थान हुन्। यिनीहरू गर्मी मौसममा समूहमा उड्ने र विभिन्न ठाउँविचरण गर्ने गर्छन्।
वर्षायाममा उड्ने प्रक्रिया भने रोकिने गर्छ। मरुभूमीय सलहहरू पनि ग्रिष्मकाल र मनसुनमा अफ्रिकाबाट भारततर्फ आउने गर्छन् र पतझडको समयमा इरान र अरब देशतिर लाग्ने गर्छन्। यसरी सलह फेरि सोभियत एसिया, सिरिया, इजरायलतिर फैलिने गर्छन्। यिनीहरूमध्ये केहीभारत अफ्रिका फर्कन्छन् भने दाेस्रो मनसुनी वर्षाको समयमा पुनःप्रजननहुने गर्छन्। अफ्रिकी राष्ट्र तथा दक्षिण एसियाकाकेही राष्ट्रलगायत विश्वका २३ मुलुक कोरोनाभाइरससँगसँगै सलहको प्रकोपसँग पनि जुधिरहेका छन्। अहिले आउँदै गरेको सलह सन् २०१८ मा साउदी अरब नजिकै अरेबियन प्रायद्वीपमा आएको दुई ठूला आँधी(साइक्लोन)ले भारी वर्षा गराएपछि सलहको प्रजननबाट भएको विभिन्न अध्ययनले देखाएका छन्।
”उपयुक्त वातावरणीय अनुकूलता भएन भने सलहको नेपालमा दुष्प्रभाव कम हुन सक्छ। समयमा मनसुनको आगमन र हावाको बहावको प्रभावले सलहको आगमन रोक्ने संभावना रहन्छ।”
संस्कृतमा ‘शलभः’, नेवारीमा ‘कोःविंचा’, भोजपुरीमा ‘टिही’, मैथिलीमा ‘टिड्ढी’, र राई भाषामा ‘रुइमा’भनिने सलहलाई तामाङ, थारू, गुरुङले ‘तिरी’ र सुनुवारले ‘सल’भन्ने गर्छन्। सलहको नामाकरण आ–आफ्नाे मातृभाषामा हुनुले सलहको प्रकोप र यसले पु-याएकोे क्षति नेपालको सबैजसो ठाउँका मानिसले अनुभूत गरेका थिएभन्ने अनुमान गर्न सकिन्छ। नेपालमा सलहआएर अन्नबालीमा क्षति पु-याएको, त्यसले अनिकाल र भोकमरीको अवस्थासिर्जना गरेको इतिहासकापानाहरूमा उल्लेख भएका पाइन्छ। तेह्रौँ र चौधौँ शताब्दीतिर साथै १९८५–८६ सालतिर नेपालमा सलहले अन्नबालीमा ठूलो क्षति पु-याएको उल्लेख पाइन्छ।
यस विषयमाएल.ए.वाडेलले सन् १८९८ मा प्रकाशित आफ्नो पुस्तक ‘एमाङ द हिमालय’मा दार्जिलिङतिर जाँदा आकाश नै ढाक्ने गरी सलहको हुल आउँदा बादलले ढाकेझैँ गरी अँध्यारो भएको र बाटोघाटो, रुखपात, खेतबारी जहाँतहीँ सलह देखेको उल्लेख गरेका छन्। साथै नेपाली गाउँलेले त्यसलाई खानका लागि डोकोमा जम्मा गरेको पनि उल्लेख गरेका छन्। यसको साथै उनले सलहबाट भारतको सबैजसो ठाउँ पश्चिमतिर पञ्जाब, दक्षिणतिर मद्रास र डेकन र पूर्वतिर बंगाल र आसामको बाटो भएरठूलो नोक्सानी पु-याएको वर्णन गरेका छन्। सोही पुस्तकमा तिबेटियन एकजना लामाको भनाइलाई उद्धृत गर्दै सिक्किमको सुन्दर वन, तिब्बतको डोङ्कीयको पूर्वमा रहेको टाङ्ग भञ्ज्याङमापनि सलहले गरेको क्षतिको वर्णन गरेका छन्। काठमाडौँको असनमा सलहलाई सुकाइ मुरीका मुरी बेच्न राख्नुका साथै त्यतिबेला धेरै मानिसले खाने गरेका भनी काठमाडौँका बूढापाका सुनेको भन्दै बताउने गर्छन्।
अहिले सम्बन्धित निकायले नेपालमा सलहकोे प्रभाव धेरै पछि देखिन लागेको बताएका छन्। नेपालमा यसको संभावित जोखिमलाई पनि नकार्ने अवस्था छैन्। एफएओले सलहको पहिलेकोभन्दा आकार २० गुणा ठूलो रहेको र यसले धेरै अन्नबाली नष्ट गर्न सक्ने चेतावनीदिएको छ। सलहको आगमन नेपालमापनिहुने हो कि? भन्ने चर्चा परिचर्चा चलिरहेको छ। हावाको गति, तापक्रम र मौसममानिर्भर हुने सलहको प्रकृतिले नेपालमा पनि यसकोे जोखिम उत्ति नै देखिन्छ। एकातिर हाल नेपालका विभिन्न जिल्लामा फौजी कीराले अन्नबालीलाई क्षति पु-याएको अवस्था छ भनेयदि सलहको आगमन भयो भने कृषि क्षेत्रमायसले पार्ने प्रभावअझ जोखिमपूर्ण हुने विज्ञ बताउँछन्। भारतको विभिन्न राज्यमा आइसकेको सलहले नेपालमापनि भित्रिने र यसले पार्ने जोखिम उत्तिकै छ। सलहले पु-याउने अन्नबालीको क्षति र खाद्यसंकटलाई नकार्न सकिँदैन। यसको आगमनले नेपालको कृषि क्षेत्रमा धेरै क्षतिबेहोर्नु पर्ने संभावना देखिन्छ। उपयुक्त वातावरणीय अनुकूलता भएनभने सलहको नेपालमा दुष्प्रभाव कम हुन सक्छ। समयमा मनसुनको आगमन र हावाको बहावको प्रभावले सलहको आगमनलाई रोक्ने संभावना रहन्छ।
नेपालमा सलहको सम्भाव्यता, यसले पार्ने दुष्प्रभाव र यसको नियन्त्रणका उपार्य पहिचान गर्नु जरुरी छ। समयमा नै यसमा ध्यानदिन सकिएन भने ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ। सलह एक प्रकारको धेरै हानि गर्ने कीरामा पर्छ। सामान्यतया ‘निम्फ’अवस्थामा नै यसको नियन्त्रण र रोकथाम गर्न सकियो भने धेरै प्रभाव कम हुन सक्छ। तर वयस्क भएपछि यसको नियन्त्रणमा ठूलो चुनौती थपिन सक्छ। यसको वयस्कको संख्या र व्यवहारले गर्दा क्षतिको नियन्त्रण गर्नु चुनौती हुन्छ। विभिन्न समयमाविभिन्न देशमा यसको नियन्त्रण गर्ने उपायहरू अपनाइएकाउदाहरणछन्।हवाईजहाजबाट छर्कने विषादी, विषालु खाने कुरा राखिदिनुु, केमिकल कीटनाशकको प्रयोग, खेतीभूमिमाधुवाँ गराउने, जाल प्रयोग गर्ने, ठूलो आवाज गराउनेआदियसकाप्रमुखउपायदेखिएकाछन्।
चीनले सलह नियन्त्रणमा सन् २००० मा सिन्जियाङ क्षेत्रमातीसहजारभन्दा बढी हाँसप्रयोग गरेको थियो। सलह नियन्त्रणमा कीटनाशक औषधिको प्रयोग धेरै भएको पाइन्छ तर सलहको संख्याका कारणले असहजबनाइदिने गरेको छ। पाकिस्तानले मारेर ल्याएको सलहलाई उचितमूल्यमाकिनेर प्रोटिनको स्रोतका रूपमा माछाको दाना, कुखुरालाई र अन्य वस्तुभाउलाई खुवाउनका लागिप्रयोग गर्ने गरेको पाइएको छ। सलह नियन्त्रणमा जैविकविधिको उपयोग हुनु जरुरी छ।
विभिन्न चराको प्रजाति, कीटनाशकयुक्तवनस्पतिको प्रयोगमाथप अनुसन्धानहुनु जरुरी देखिन्छ। मनसुनी वर्षाले पनि सलहको आगमनलाई प्रभावपार्ने हुँदायसको रोकथामकोन्यूनीकरणमा सघाउनेछ। नेपाल एक कृषिप्रधान देश हो। सलहको आक्रमणले खाद्यसंकट तथाभोकमरीको स्थिति ल्याउन सक्छ। यस कुराकोध्यान राखी समयमै ठोस कदम चाल्नुपर्ने देखिन्छ। हुन त यसको प्रभाव, भावी योजनाका लागि कृषितथापशुपन्छीविकास मन्त्रालयले एउटा प्राविधिक समितियही जेठ १३ गते गठन गरेको छ।समितिले उपयुक्त सुझाव चाँडै नै ल्याउनुपर्ने र त्यसको कार्यान्वयनमा तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ। नागरिक न्युज डट कमबाट
(विद्यार्थी, प्राणीशास्त्र, कीटविज्ञान)