ट्रेन्डीङ्ग

तेजेन्द्र बि. एम.

बिहिवार देखि सुरु भएको बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मा प्युठान नगरपालिकाले शिल्ड हात पारेको छ । नगरपालिकाले १४ स्वर्ण, ९ रजत र ५ कास्य प्राप्त गरि प्रथम स्थान सहित शिल्ड प्राप्त गरेको छ । यस्तै स्वर्गद्वारी नगरपालिकाले १२ स्वर्ण, ६ रजत र ४ कास्य प्रप्त गरि दोस्रो स्थान प्राप्त गरेको छ । यस्तै ७ स्वर्ण, ९ रजत र ३ कास्य सहित सरुमारानी गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ ।

यस्तै कवाजमा सरुमारानी गाउँपालिका र अनुशासनमा माण्डवी गाउँपालिकाले उत्कृष्ट स्थान प्राप्त गरेको छ । विजयी हुने सम्पुर्ण खेलाडी, नगरपालिका तथा गाउँपालिकाहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय