ट्रेन्डीङ्ग

तेजेन्द्र बि.एम._प्युठान
नौबहिनी गाउँपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । स्वास्थ्य क्षेत्रमा  गरेको योगदान र उनीहरूको सम्मानमा यो दिवस देशैभर मनाउदै आएको छ ।

गाउँपालिकाले यस पटक हाजिरी जवाफ प्रतियोगिता गरि दिवस मनाएको स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभएको छ । प्रतियोगितामा गाउँपालिका स्थित ८ वटा वडा अन्तर्गतका सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः १०, ७ र ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो । जस अन्तर्गत प्रथम लिघा स्वास्थ्य चौकी अन्तर्गतका स्वास्थ्य स्वयंसेवीका, द्वितीय खबाङ्ग स्वास्थ्य चौकी अन्तर्गतका स्वास्थ्य स्वयंसेवीका र तृतीय गोगनपानी स्वास्थ्य चौकी अन्तर्गतका स्वास्थ्य स्वयंसेवीका रहेका छन् । गाउँपालिका अध्यक्ष डिल बहादुर थापाको अध्यक्षतामा प्रतियोगिता सुरु गरिएको शाखा प्रमुख शर्माले जानकारी दिनुभएको छ ।

यो दिवस देशैभरका स्वास्थ्य संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आइरहेको छ । सरकारले प्रति महिला स्वास्थ्य स्वयंसेविकाका लागि वार्षिक पोशाक खर्च १० हजार, यातायात खर्च १२ हजार उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय