प्यूठान खवर । नेपालीहरुको महान चाड बडादशै नजिकिदै छ । पछिल्लो समय लोकसंगितको बजारमा एकपछि अर्को गर्दै दशै सम्बन्धि गितहरु थपिने क्रम बढ्दो छ । नयाँ तथा पुराना सर्जकहरुले आफ्ना दशै गित तथा प्रतिभाहरु युटुव मार्फत सार्वजनिक गर्दै आइरहेका छन । सांगितिक बजारमा नेपाली लोकगित संगितको चर्चा परिचर्चा युटुव भ्युजका आधारमा हुने प्रचलन बढेको छ ।
युटुव मार्फत सार्जनिक हुने नयाँ गितसंगित र भिडियोहरु दर्शकहरुले जति धेरै मायाँ पाउँछन गित पनि त्यसै अनुसार चलेको भनिन्छ । यसै बिच गुल्मी अग्लुङका सर्जक तथा गायक नारायण घर्तिले पनि म परदेशी नामक नयाँ गित सार्वजनिक गरेका छन । Ramchandra Chand युटुव मार्फत सार्वजनिक गरीएको भिडियो छोटो समयै दर्शकहरुले अत्यधिक मन पराएका छन । यो गितले धेरैको मन जित्न सफल भएको छ ।
युटुवमा अपलोड भएको २ दिनमै यो गितले १ लाख भ्युज पाएको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार १ सय ९६ जनाले हेरेका छन ।स्लो मोसन रहेको मर्मस्पर्सि यो गितमा देश बिदेश रहेका दर्शकहरुको सकारात्मक प्रतिक्रिया दिइरहेका छन । रोजगारीका लागि देश परदेश पसेको छोरा कामकै ब्यस्तताले दशैमा घर फर्कन नसक्ने पिडा समावेश रहेको भाव यो गितमा पाउन सकिन्छ । गाउँमा आमा रुने र बिदेशमा छोरा भौतारिने यो गितको मुख्य भाव रहेको छ ।
यही बाध्यतालाई गीती लयमा उनेर कलाकार नारायण घर्तिले दँशैमा घर फर्कन नपाएका परदेशीहरुको कथा व्यथा समेटेर म परदेशी गित सार्वजनिक गरेका हुन ।परदेशबाट छोरो आउने आशामा बसेकी आमालाई आउन सकिन, बाटो नहेर्नु भनेर आमालाई सन्देश पठाइएको विषयमा गीतमा समेटिएको छ ।
नारायण घर्तीको शब्द रचना र स्वर रहेको गीतमा गोबिन्द न्यौपानेको लय भरेका छन भने रामचन्द्र चन्दको सङीत संयोजन रहेको छ । परदेशिएको छोराको भूमिकामा पछिल्लो समय युटुवमा भाइरल अर्जुन बि.क. र आमाको भूमिकामा चर्चित कलाकार रमा थपलियाको जीवन्त अभिनय रहेको छ । यो गीतको म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन र सुरेस श्रेष्ठको छायांकन रहेको छ ।