ट्रेन्डीङ्ग

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम एवं बजेट निर्माणलाई थप सहभागितामूलक, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले नौबहिनी गाउँपालिकाले सरोकारवालाहरूसँग प्रि-बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा पूर्वाधार विकास, रोजगार सिर्जना, पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन लगायतका विषयमा सहभागीहरूले सुझाव प्रस्तुत गरेका थिए । साथै सहभागीहरूले स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने गरी बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

छलफलका क्रममा गाउँपालिका नेतृत्वले प्राप्त सुझावहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समेट्ने प्रतिबद्धता व्यक्त गरेको थियो । साथै स्थानीय सरकारलाई थप उत्तरदायी, पारदर्शी र जनमुखी बनाउन यस्ता सहभागितामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको हो ।

“सभ्य, समृद्ध र सुखी नौबहिनी” निर्माणको दीर्घकालीन लक्ष्यलाई आत्मसात गर्दै गाउँपालिकाले आगामी बजेटलाई उत्पादन, रोजगारी, सेवा प्रवाह सुधार तथा पूर्वाधार विकासमा केन्द्रित गर्ने तयारी गरेको जनाएको छ ।

प्रि-बजेट छलफल कार्यक्रमले आगामी आर्थिक वर्षको बजेटलाई स्थानीय आवश्यकता र जनचाहनाअनुरूप बनाउन महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूको भनाइ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय