ट्रेन्डीङ्ग

कमलामाई नगरपालिका–३, सिन्धुलीको चपौली डाँडामा निर्माणाधीन राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरमा खुर्पेटो अनावरण गरिएको छ । नेपाल मगर साँस्कृतिक संघ बागमती प्रदेश र नेपाल मगर साँस्कृतिक संघ सिन्धुली जिल्लाको संयुक्त आयोजना तथा राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरको व्यवस्थापनमा पौष २६ र २७ गते भएको बधाई तथा सम्मान कार्यक्रममा कलाघरको आगनमा कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष रक्षा राइका मगरले सेरोफेरो लङ्घाली मगर समाज र सिन्धुली कलाघरको संयुक्त लगानीमा निर्माण गरिएको खुर्पेटो औपचारिक रुपमा अनावरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

पौष २७ गते नेपालभरका मगर कलाकारहरुलाई कलाघरमा स्वागत र परिचयात्मक कार्यक्रम, नेपाल मगर साँस्कृतिक संघ बागमती प्रदेशका महासचिव, सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरको जन्मदिनसङ्गै विविध सांस्कृतिक कार्यक्रम गरि कार्यक्रमको समापन गरिएको थियो भने पौष २६ बिहान ८ बजे कार्यक्रमको खुर्पेटो अनावरण सङ्गै भएको उद्घाटन पश्चात् नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिका पदाधिकारी, सातै प्रदेशका नवनिर्वाचित पदाधिकारी, बागमती प्रदेश अन्तर्गतका जिल्ला समितिका पदाधिकारीहरुलाई कलाघरले निर्माण गरेको खुर्पेटो अङ्कित मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

नेपाल मगर साँस्कृतिक केन्द्रिय समितिले सहयोग स्वरुप ५१ हजार १ सय ११ रुपैयाँ, सेरोफेरो लाङ्घाली मगर समाजले ५१ हजार १ सय ११ रुपैयाँ कलाघरलाई प्रदान गरेको थियो । उपत्यका विशेष समन्वय समितिले कलाघरका कलाकारहरुलाई लुङ्गी र भाङ्ग्रा सहित कोसेली प्रदान गरेको थियो । उपत्यका समितिका बरिस्ठ उपाध्यक्ष सिद्धार्थ आले मगरले ५ हजार, संगठन सचिव बिजय पुनले १० हजाए १ र स-कोषाध्यक्ष दिपक मगरले ५ हजार कलाघरको लागि प्रदान गर्नुभएको थियो । त्यस्तै सालैजो दोहोरी साँझ सञ्चालक गिमान सिंह पुन मगरले नेपाल मगर साँस्कृतिक संघ बागमती प्रदेशलाई ५ हजार, कलाघरका अध्यक्ष सुमन थापा मगरलाई ५ हजार र कलाघरका कलाकार सन्चिता थापा मगरको समुहलाई ५ हजार प्रदान गर्नुभएको थियो भने नेपाल मगर साँस्कृतिक संघ चितवनका उपाध्यक्ष निश्चल मगरले ५ हजार प्रदान गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा प्रमुख अतिथि रक्षा राइका मगर दम्पतीले २५ हजारभन्दा बढी रकम कलाघरका लागि हस्तान्तरण गर्नुभएको थियो । साथै उहाँ कलाघरको आजीवन सदस्य समेत बन्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रक्षा राइका मगरले सांस्कृतिक संघसङ्ग मगर संघ केन्द्रले निरन्तर सहकार्य गर्ने बताउनुभएको छ । राष्ट्रले गर्न नसकेको कलात्मक संरचनाले विश्वव्यापी सन्देश प्रवाह गररेको समेत बताउनुभएको छ । साथै उहाँले सम्मानित हुने सबैको काधमा जिम्मेवारी थपिएको र आफुमाथी समेत जिम्मेवारी थपिएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि रहनुभएका नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समिती अध्यक्ष नन्द घर्ती मगरले केन्द्रलाई चुनौती दिदै यो कार्यक्रमको आयोजना गर्ने बागमती प्रदेश समिति, सिन्धुली जिल्ला समिती र कलाघरको टिमप्रती खुशी व्यक्त गर्दै कौराह (कानराह) गीत वर्ल्ड रेकर्डमा लेखाउन आगामी चैत मसान्तसम्म कौराह सम्मेलन गरि बाक्लो जनसंख्यामा मगरहरुको उपस्तिथि गराउने बताउनुभएको छ ।

नेपाली परम्परागत कला, रैथाने संस्कृति, मौलिक हस्तकला र लोपोन्मुख कला र संरचनाहरूको संरक्षण, अध्ययन तथा प्रदर्शन गर्न कलाघरको निर्माण गरिएको अध्यक्ष सुमन थापा मगरले बताउनुभएको छ । यहाँ स्थानीय र राष्ट्रिय कलाकारहरूको सिर्जना, कलाप्रदर्शनी, मूर्तिकला, चित्रकला आदि देख्न पाइनुका साथै कलाघरलाई राष्ट्रिय कला संग्रहालय र कला शाला/कलात्मक केन्द्रको रूपमा विकसित गर्ने अभिप्रायले यो संकल्प लिएर अघि बढेको समेत उहाँले बताउनुभएको छ ।

सहज सडकमार्ग भएको र स्थानीय समुदायले कला घरलाई पर्यटन तथा सांस्कृतिक धरोहरका रूपमा विकास गर्ने लक्ष्य राखेसङ्गै यहाँ देश तथा विदेशबाट पर्यटकले परम्परागत कला र संस्कृति नजिकबाट हेर्न र अनुभव गर्न आउने गरेका छन् । कलाघरले पंचेबाजा, लोकदोहोरी प्रस्तुति, तथा कलात्मक कार्यक्रममा आधारित महोत्सवहरू समेत आयोजना गर्छ, जसले नेपाली कला र संस्कृतिलाई अझ प्रोत्साहित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय