ट्रेन्डीङ्ग

प्युठानका ३ वटा विद्यालयमा एकैसाथ आधारभूत स्काउट क्याम्पिङ्ग सुरु भएको छ । गंगा मावी लुङ्ग, बहाने, महेन्द्र मावि खलंगा र खड्गेश्वरी मावी दर्भान प्युठानमा क्याम्प सुरु भएको छ ।

यता नौबहिनी गाउँपालिका-६ स्थित गंगा माविमा शुक्रबारबाट सुरु भएको तीन दिने क्याम्पमा नौबहिनीका ७ विद्यालयका ४९ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

क्याम्पमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरूले भाग लिएका हुन् । गंगा स्काउट ट्रुप बहानेले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले दुवोबाट कुचोको नमूना बनाउने, सिठ्ठी ईसारा चार्ट बनाउने, प्राकृतिक फूलहरु ५ वटा संकलन गरि चार्ट तयारी गर्ने, व्याद्रोम, चित्रकला लगायत हस्तकला समेतको प्रयोगात्मक जीवनोपयोगी शीप सिक्ने छन् । यसका साथै विद्यार्थीहरुले शारीरिक व्यायाम सङ्गै अन्य विविध किसिमका मनोरञ्जनात्मक तथा साहसिक खेलको अभ्यास गर्नेछन् ।

कार्यक्रमका प्रमुख अतिथि नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले स्काउट मर्यादित र अनुशाशीत संगठन भएकोले स्काउट अभियानलाई सफल पार्न गाउँपालिकाले योजना बनाएर अघि बढाउने बताउनुभएको छ ।

क्याम्पिङ्ग तथा स्काउटको बारेमा जानकारी दिदै नेपाल स्काउट लुम्बिनी प्रदेश समिति सदस्य हरि प्रसाद घिमिरेले स्काउटले अनुशासित र स्वावलम्बी नागरिक बनाउन दिर्घकालिन महत्व राख्ने  भएकाले स्थानीय सरकारले समेत स्काउटलाई प्राथमिकतामा राखी आवस्यक बजेटको प्रबन्ध गर्नुपर्ने बताउनुभएको थियो ।

सामाजिक विकास डिभिजन कार्यालय प्युठानको सहयोग तथा स्काउट ट्रुपको आयोजनामा भएको कार्यक्रममा ३ वटै विद्यालयहरुमा सम्मानजनक उपस्तिथि रहेको लुम्बिनी प्रदेश समिति सदस्य घिमिरेले जानकारी बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय