ट्रेन्डीङ्ग

प्युठान खबर । प्युठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । कार्यालयका अनुसार प्युठान नगरपालिकामा ८ जना संक्रमित भेटीएका हुन । प्यूठानवाट पठाइएको स्वाव परिक्षणको क्रममा गरिएको पिसिआर परीक्षणमा प्यूठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्यूठानवाट स्वाव संकलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएका ३८ जनाको पठाइएको थियो ।

 

स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिका अनुसार संक्रमण पोजेटिभ हुनेहरु २ वर्षीया बालिका सहित वर्ष १७, ३२, १५, १८, २६, १८ र ३६ का सबै पुरुष रहेका छन् । संक्रमित हुनेहरु वडा नं ३ को सरस्वती प्राथमिक विद्यालय सेपुङको क्वारेन्टाइनमा राखिएका हुन । संक्रमितहरु सबै केही दिन अघि भारतबाट आइ क्वारेन्टाइनमा बस्दै आएका थिए । यिनीहरुसहित अब प्युठानमा १२ जना संक्रमितको संख्या पुगेको छ । यसअघि स्वर्गद्वारी नगरपालिकामा १, सरुमारानी गाउँपालिकामा १ र माण्डवी गाउँपालिकामा २ जना संक्रमित भेटीएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय