ट्रेन्डीङ्ग

प्युठानको नौबहिनी गाउँपालिका क्षेत्र भित्र पर्ने अधिकांश ठाउँमा अब नेटवर्कको समस्या नहुने भएको छ । शनिबार गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको विशेष पहलमा नौबहिनी गाउँपालिका-३, झिम्पमा रहेको नेपाल टेलिकमको टावरमा नयाँ प्रविधिको ब्याट्री ब्याक-अप जडान भएपछि यो समस्या नहुने भएको छ ।

यस क्षेत्रका आम सर्वसाधारण विगतदेखी पानी पर्दा र बिद्धुत लाइन नहुदा मोबाइल फोनमा नेटवर्क नहुने समस्याबाट गुज्रिएकोले अबदेखी नौबहिनी बासी र आगन्तुक सबैलाई सेवा सहज बनाउन ब्याक-अप ब्याट्री जडान गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

टावरमा ब्याक-अप ब्याट्री जडान भएपछि २० घण्टासम्म बिद्धुत लाइन नभएपनी सञ्चारको पहुँचबाट बन्चित हुन नपर्ने समेत अध्यक्ष थापाले बताउनुभएको छ ।

टावरमा अहिले घाम पानीले समेत असर नगर्ने सिजि कम्पनीको ४८ भोल्टेजका ४ वटा ब्याक-अप ब्याट्री जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय