ट्रेन्डीङ्ग

तेजेन्द्र बि.एम.
प्युठान खवर (लुङ) । कोरोना भाइरस (COVID-19) विश्वभर महामारीको रुप लिएर फैलिरहेको छ । संक्रमीत र मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । नेपाल सरकारले पनि आम देशबासीलाई सचेत बनाउदै लक डाउन गरेको करिब दुई महिना पुग्नै लाग्दा संक्रमीत हुनेको संख्यामा कमि आएको छैन । हाल नौबहिनी गौपालिकाले पनि सजकता अपनाइरहेको छ ।

यस नौबहिनी गाउपालिकाले पनि लक डाउन सुरु भएदेखी नै संयमता अपनाउदै लकडाउन कार्यान्वयनमा काम गर्दै आइरहेको छ । विभिन्न क्षेत्रमा आवद्ध देशैभरका नौबहिनी बासीहरुलाई सतर्कता अपनाउदै पालिका प्रवेश गराई तोकिएको क्वारेन्टाइनमा राखिएको छ ।

लक डाउन थप कडा हुन थालेपछी छिमेकी राष्ट्र भारतमा कार्यरत मजदुरहरुको अवस्थालाई नियालेर रकम पठाई सहयोग गरिएको गाउपालिका अध्यक्ष शिव रिजालले बताउनुभयो । आफ्नो गाउपालिकामा भित्र्याउन नसकेपनि मजदुरहरु जहाँ हुनुहुन्छ अवस्था हेरेर सहयोग गर्ने अध्यक्षको भनाइ छ । सङ्गै गौरवका कामहरू भने सामाजिक दुरि काम गरेर विभिन्न ठाउँहरुमा संचालन भैरहेको उहाँ बताउनुहुन्छ ।

लक डाउनकै बेला बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अबका दिनमा देश तथ विदेशमा रहेका सम्पुर्ण मजदुरहरुलाई आफ्नै पालिका भित्र्याएर विकास तथा विभिन्न योजनाका कामहरुमा क्षमता अनुसार काम दिएर माम दिने अध्यक्षको भनाइ छ ।

यसै सन्दर्भमा देशबासी र नौबहिनि गाउपालिकावासिलाइ सुरक्षीत हुन आग्रह समेत गर्नुभएको छ । नौबहिनी मिडिया अफिसियल युत्युब च्यानलका संचालक तेजेन्द्र बि. एम. ले उहासंग गर्नुभएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय