ट्रेन्डीङ्ग

नेकपा एमाले नौबहिनी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बहानेमा भएको पार्टी अधिवेशनले शेर बहादुर सेनको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन भएका छन् । जुन कार्यसमिति उपाध्यक्षमा भिम बहादुर घर्ती मगर, सचीव दलराज पुन मगर, उप-सचीवमा जनक बुढा मगर र  अन्जु घिमिरे सहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनको अवसरमा पालिका कमिटीले २०७४ को स्थानीय तहको निर्वाचनमा भन्दा २०७९ को निर्वाचनमा ४९ प्रतिशत मत वृद्धि गरेकोमा नेकपा एमाले २ नं. वडा कमिटीलाई सम्मान गरेको थियो भने नौबहिनी गाउँपालिका ५ नं. वडा कमिटीलाई सबैभन्दा धेरै मत ल्याउन सफल भएकोमा समेत सम्मान गरेको थियो ।

यस्तै पालिका कमिटीले पार्टीलाई थप जिम्मेवार र मजबुत बनाउन स्थापना कालदेखि हालसम्म खेलेको भुमिका र योगदानको उच्च मुल्यांकन गर्दै २२ जना अग्रजहरुलाई समेत सम्मान गरेको थियो ।

अधिवेशनको अवसरमा नौबहिनी गाउँपालिका-६, लुङ निवासी पुर्व नेपाल प्रहरी सहायक निरीक्षक चन्द्र बहादुर टिएम नेकपा एमालेमा समाहित भएका थिए । उनलाई एमाले पोलिट ब्युरो सदस्य तथा प्युठान इन्चार्ज, संघीय सांसद सूर्य बहादुर थापाले पार्टी संगठित सदस्यता प्रदान पार्टीमा स्वागत गर्नुभएको थियो ।

अधिवेशनका प्रमुख अतिथि समेत रहनुभएका थापाले नौबहिनीमा सरकार र पार्टी अध्यक्ष केपि शर्मा ओलिको ध्यान पुगिरहेको र प्युठान फेरिएको बताउदै परिणाममुखी काम हुने कुरामा विश्वस्त रहन नौबहिनी बासिलाई प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । साथै थापाले नव निर्वाचित कार्यसमितिलाई २०८३ र २०८४ को निर्वाचनमा नौबहिनीको विरासत कायम राख्ने गरि लाग्न सुझाउदै शुभकामना दिनुभएको थियो ।

विशेष अतिथिका रुपमा रहनुभएका नेकपा एमालेका नेता तथा हाल भुमी समस्या समाधान समितिका केन्द्रिय अध्यक्ष हरि प्रसाद रिजालले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै आफू नौबहिनीकै भएकाले देशैभरका भुमी सम्बन्धि समस्या र प्युठान सानो जिल्ला त्यसैमाथी नौबहिनी लगायतका क्षेत्रमा यस्ता समस्या थुप्रै रहेको र अवधी समेत कम हुने भएकाले आगामी आर्थिक वर्षभित्र सबै समस्या समाधान हुने गरि काम अघि बढाइएको बताउनुभएको छ । साथै उहालाई पार्टी कमिटीले सम्मान समेत गरेको थियो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले नव निर्वाचित कमिटीलाई शुभकामना दिदै आफू जस्ता नेतृत्व गर्न सक्ने क्षमता भएका व्यक्ति अनेकन भएकाले आफ्नो जिम्मेवारी इमानदारीताका साथ निभाउन र पार्टी कमिटीलाई बलियो बनाउन लागि परोस् भन्ने अपेक्षा सहित सुझाव समेत दिनुभएको थियो । साथै निर्वाचित पार्टी कमिटीलाई नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा नौबहिनी इन्चार्ज एवं नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बन्द सत्र समारोहको समापन गर्दै आफू र आफ्नो जिम्मेवारीलाई महत्त्वपूर्ण तरिकाले निभाउन सुझाउदै शुभकामना दिनुभएको थियो ।

निवर्तमान अध्यक्ष विस्णु बहादुर के. सी. नव निर्वाचित कमिटीलाई बधाई दिदै आफ्नो कार्यकालमा लक्ष्य प्राप्तिका निम्ति धेरै प्रयासहरु सफल भएको र लक्ष्यको नजिक पुगेको कुरा बताउदै त्यो विरासत कायम राख्न नव निर्वाचित कार्यसमितिलाई जिम्मेवारी सुम्पिएको बताउनुभएको थियो ।

नव निर्वाचित कमीका अध्यक्ष सेनले आफ्नो काधमा जिम्मेवारी थपिएको कुरालाई आत्मसात गर्दै सहि ढङ्गले जिम्मेवारी पूरा गरि  २०८३/०८४ को निर्वाचनमा नौबहिनीका सबै वडा सहित पालिकाको विरासत कायम राख्न कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यस अघि नेकपा एमालेले नौबहिनी १ मा चन्द्र बहादुर बुढा मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति, नौबहिनी २ मा निम सिंह के. सी. को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति, सदस्यीय कार्यसमिति, नौबहिनी ३ मा रमेश मल्लको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति, नौबहिनी ४ मा सालिमे घर्ती मगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति, नौबहिनी ५ मा कुल बहादुर के. सी. को अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति, नौबहिनी ६ मा विस्णु के. सी. को अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति, नौबहिनी ७ मा पुस्त खड्काको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएका छन् भने त्यस्तै नौबहिनी ८ मा रामु घिमिरेको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन भएका छन् ।

तस्बिरहरु:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय