
प्यूठान जिल्लाका बिभिन्न स्थानहरुमा तिहारपछि सरायँ मेला लाग्ने गर्दछन् । यी मध्ये तिहारको भोलिपल्ट डल्लेमा लाग्ने डल्ले सरायँ प्रमुख सरायँको रुपमा लिने गरीन्छ । पहिचानका दृष्टिले मुख्य आकर्षणको रुपमा रहेको डल्ले सरायँको प्यूठानमा छुट्टै ऐतिहासिकता छ ।
अहिले यसलाई बिगतको निरन्तरता मात्र छैन आजको सन्दर्भमा जिल्लाको पर्यटन प्रबद्र्धनमा समेत मूख्य भूमिका खेल्दै आएको छ । डल्ले सरायँलाई प्रतियोगितात्मक रुपमा संचालन गर्ने अभियान सञ्चालन भएपछि यसको महत्व पनि बढ्दै गएको छ । प्रतियोगितात्मक रुपमा थालनी गरिएको यो शिलशिलाले पछिल्ला बर्षमा डल्ले मेलाले थप चासो र आकर्षण बढाउदै लगेको छ ।
बिशेषगरी तिहार पर्वकै सरोफेरोमा डल्ले लगायत जिल्लाका बिभिन्न ठाँउ खासगरी चितिखोला, शिवालय, धुवाङ लगायतका स्थलहरुमा लाग्ने मेलाले पनि पर्यटन प्रबद्र्धनका क्षेत्रमा उत्तिकै भूमिका खेल्दै आएका छन् । यो मेलाको पृष्ठभूमि केलाउँदा सरायँ प्यूठानको महत्वपूणर् सांस्कृतिक सम्पदाको रुपमा रहेको छ ।
यसका बारेमा आजका युवापुस्ताले सही ढंगले यसको ऐतिहासिक पक्षको खोजी गर्नुपर्ने आवश्यकता छ । किनकी इतिहास भनेको आफैमा सम्पूणर् भूतकालको वैज्ञानिक अध्ययन र लेखाजोखा मात्र नभई बर्तमानलाई उघार्दै भबिष्यको उचित मार्ग निर्देश गर्ने सामजिक विज्ञान हो ।
अर्को अर्थमा इतिहास मानव जीवनको बिकासको एउटा सुसंगठित एवम क्रमबद्ध अध्ययन हो । त्यसैले आजको पिंढीले डल्ले सरायंको ऐतिहासिक सन्दर्भको खोजीनीति गर्दै जाँदा समग्र प्यूठान र भित्रिकोट राज्यको इतिहास जोडिएर आउछ । यथार्थतामा हेर्दा भित्रिकोट पृथ्वीनारायण शाहले एकीकरण अभियान थाल्नु पूर्व चौबिसे राज्य अन्र्तगत पर्दथ्यो ।
मध्यकालको उत्तरार्धतिर स्थापित भएको देखिने यस स्थलको प्राचीनलाई आजभन्दा तीनसय बर्ष अगाडिसम्म पुर्याउन सकिन्छ । जहाँ जाट र चन्दबंशीहरुले राज्य गरेको जानकारहरु बताउछन् । प्यूठानमा प्रचलित सरायंसंग जाटहरुको दमन र तिनको कार्वाहीको बिरुद्ध जनताले गरेको कार्वाही तथा प्रतिरोधपूणर् संघर्षको कथा जोडिएर आउछ ।
संभवतः जाटलाई बिस्थापित गरी जनताले चन्दबंशीलाई राजा बनाएका थिए । चन्दबंशीहरुको शासनआरम्भ बिसं १५१५ देखि थालनी गरेको इतिहासकारबाट उल्लेख भएको देखिन्छ । चन्दबंशी शासन गर्ने भित्रिकोटका अन्तिम राजा मोती चन्द बन्न पुगे र अन्ततः बिसं १८४३ मा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले आक्रमण गरी प्यूठान नेपाल एकीकरणको महाअभियानमा प्रबेश गरेको थियो ।

भाइटिकाको भोलिपल्ट डल्लेमा लाग्ने डल्ले सरायँको दृश्य । फोटो : एलबी
प्रचलित किंवदन्ती अनुसार करिव १३ औं शताब्दीतिर प्यूठानको भित्रीकोट राज्यमा एउटा राक्षसी प्रबृतिको जाँट राजाले जनताहरुलाई निकै दुख दिएको थिए । त्यसैले स्थानीय सहितको सक्रियतामा जाटको बिनास गर्ने योजना बनाउदै थिए , पछि जनता एकताबद्ध भई जाटलाई मार्न खुँडा खुकुरी लिएर लखेट्रन थाले ।
जाँटलाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित क्षेत्रपालसम्म ल्याए । क्षेत्रपालसम्म आइपुग्दा जाट घाइते भइसकेको थियो । पुण्यखोलास्थित क्षेत्रपालबाट पनि बिजुवार स्थित डल्लेमा ल्याई त्यो जाटको हत्या गरिएको थियो । भित्रिकोट राज्यकालताका क्षेत्रपालको पनि आफ्नै महत्व थियो यद्यपी आज पनि छ । क्षेत्रपाल भनिरहँदा प्रशासनिक दृष्टिले क्षेत्रीय स्तरको शासकलाई क्षेत्रपाल भनिएको र राजनैतिक बिभाजनमा जिल्ला भन्दा ठूलो हिस्सालाई क्षेत्रको रुपमा लिएको इतिहासकारहरुको लिखित दस्ताबेजबाट बुझ्न सकिन्छ ।
यस अर्थमा प्यूठान राज्यमा क्षेत्रपालको पनि बिशेष महत्व रहेको पाइन्छ । डेवनडेरा तथा भित्रिकोट दरवार क्षेत्रमा क्षेत्रपालको सम्मानार्थ मन्दिरहरु निर्माण गरी गुठी राखी पुजाआजाको प्रबन्ध मिलाउदै आएको आजको अवस्थामा पनि सहज रुपमा देख्न सकिन्छ ।
हो यसै भित्रिकोट क्षेत्रपाल दरवारक्षेत्रबाट लखेट्दै जनतालाई दुःख दिने त्यो जाँटको अन्त्य भएको त्यसदिनलाई लोकले बिजय उत्सवको रुपमा मनाउन थाल्यो । बास्तवमा जाट मगर राजा नै हो तर त्यो मगर राजालाई हेपाहा रुपमा जाँट शब्द प्रयोग गरिएको भनेर अथ्र्याउने पनि गरिएको पाइन्छ ।
जे होस चन्दबंशी पुर्व मगर राजाको अन्त्य गरिएको खुशीयालीबाट नै परम्पराले सरायँ मेलाको रुप लियो । फेरी अर्कोपाटोबाट प्यूठानको जातीय संरचनाको अध्ययन गर्ने हो भने मगर यहाँको सवैभन्दा पुरानो र ठूलो जातीय समुह हो । यसैले प्यूठानका बिभिन्न स्थानहरुको नामाकरण मगर भाषामा रहेका छन् ।
अनि कोटहरुमा मगर पुजारी हुनु, आदीबासी जनजाती युद्धकलामा आधारित सरायँ नाच्न सवै बस्तीहरुमा महत्वका साथ लिइनु , बिभिन्न लोक संस्कृतिहरु मगरहरुको मौलिक संस्कारका रुप्मा निरन्तर चल्दै जानुले मगर जातीलाई प्यूठान जिल्लाको प्राचीन जातीको रुपमा लिइन्छ ।
शासन संचालनमा पनि भित्रिकोट राज्यमा शासन गर्ने मगर राजा जसलाई जाँट भनिएको छ त्यसको बध गरिएको दिन तिहार भाइटीकाको दोस्रोदिन थियो । आज पनि भाइटीकाको दोस्रो दिन हातहातमा तरवार खुँडा लिएका ब्यक्तिहरु तरवार खुँडा नचाउँदै र वाखै वाखै मा रुपान्तरित भएको हुन सक्ने बुझाई छ । जे होस यो सरायँ आसुरी शक्तिमाथी दैविक शक्तिले युद्धमा बिजयी भएको खुशीयालीमा नाच नाचिने परम्परा रहि आएको छ ।
सराँय खासमा नृत्य होइन यसलाई युद्ध अभिनय भन्न सकिन्छ र युद्ध अभिनय भनियो भने यो लोकनाटक बन्न पुग्दछ । सरायँमा वा खै वा खै बाहेक अन्य संबाद हँुदैन । डल्ले सरायँ सर्वाधिक महत्वपूणर् सरायँ उत्सव हो । पहिले पहिले भित्रीकोटबाट नै सरायँको आरम्भ हुन्थ्यो । भित्रीकोटबाट निस्केको सरायं पुण्यखोलाको क्षेत्रपाल हँुदै डल्लेमा पुग्थ्यो । हाल पुण्यखोलाबाट शुरुभई डल्लेमा पुग्ने गर्दछ ।
डल्लेमा एउटा स्तम्भको रुपमा मौलो राखिएको छ । गाँउ गाँउहरुबाट आएका सरायँका मेलाहरु डल्लेमा आई मौलो आफ्नो कब्जामा पार्ने प्रतिष्पर्धात्मक सरायँ खेल खेल्दछन् । यसलाई सरायँ नाचेको पनि भनिन्छ । हाल प्यूठानमा सरायँमा बिजय प्राप्त गर्ने समुहहरुलाईृ पुरस्कारको समेत ब्यबस्था गरिएको छ ।
बिशेष गरी २०७० सालमा तत्कालीन माननीय साँसद बामदेव गौतमको पहलमा आकर्षक पुरस्कारको ब्यवस्थाले सरायँ नाँचमा आकर्षण थपेको छ । यसबाट प्यूठानमा सरायँप्रति थप चासो र आकर्षण थपिएको छ ।अहिले पछिल्ला बर्षहरुमा सरायँ मेलाको पुरस्कार तथा अन्य ब्यबस्थापन प्यूठान नगरपालिका अर्थात स्थानीय तहले गर्दै आएको छ ।
तिहारको समयमा यहाँका धेरै स्थानहरुमा मेला लाग्दछन् । ती मेलाहरु मध्ये डल्ले मेला, चितीखोला मेला, र पाठशाला मेला बढी महत्वपूणर् मानिन्छन् । पाठशाला जात्रालाई शिवालय मेला पनि भनिन्छ । सरायँ प्यूठानका साथै अर्घाखाँची,गुल्मी, दाङ आदी ठाँउहरुमा पनि खेल्ने गरेको पाइन्छ । प्रायः शक्तिपीठहरुमा बडादशैंको अवसरमा सरायँ खेल्ने चलन रहेको छ ।
तर प्यूठानको सरायँ ऐतिहासिक पृष्ठभूमिमा आरम्भ भएको र सारा जिल्लावासीले एउटा महाभेला तथा बिशिष्ट पर्वका रुपमा मनाउने सम्पदाको रुपमा रहेको छ । प्यूठानका गाँउ गाँउमा सरायँका समुहहरु गठन भएको पाइन्छ भने तिहार नजिकिंदै गर्दा आफ्नो समुहलाई बिजयी बनाउन पुराना पाका खेलाडीहरुबाट सिक्ने सिकाउने कार्य पनि परम्पराको रुपमा रहँदै आएको छ ।
प्यूठानमा डल्लेबाट आरम्भ भएको सरायँ अन्य स्थानहरुमा पनि उस्तै उत्साह र उमंगका साथ खेल्ने चलन छ । बिशेष गरी डल्ले सरायँका अतिरिक्त प्यूठानका शिवालय, मरन्ठाना, बखेडी, चितीखोला, नारीकोट, खैरा खर्पेग खोला, बहाने, रजवारा, ढंगेठाँटी, लगायतका स्थानहरुमा फरक फरक दिन र अवसरहरुमा प्रस्तुत गर्ने चलन छ ।
हिन्दु साँस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सवै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गर्न भाइचाराको संबन्ध बिस्तार गर्न सरायँ नाचले महत्वपूणर् भूमिका खेल्दै आएको छ । सरायँ महिला, पुरुष एक भएर मात्र होइन सवै जातजाति एकै ठाँउमा भएर नाचिने भएकाले पनि यसको उपादेयता अझ उच्चो महिमाको रुपमा कायम रहेको छ ।
समग्रमा हेर्दा प्यूठानको सरायँ लुम्विनी प्रदेशको साँस्कृतिक पर्यटनको महत्वपूणर् सम्पदा हो । यसको ऐतिहासिक पक्षको थप अध्ययन हुन सके किवंदन्तीको ऐतिहासिक मान्यता प्राप्त गर्न सक्थ्यो । डल्ले सरायँका बारेमा आज पनि कतिपय फरक दृष्टिकोण आउने गरेका छन ।
यसका लागि अनुसन्धानदाताहरुबाट ठोष तथ्यको खोजी गरी साझा दृष्टिकोण निर्माण गर्नुपर्ने खाँचो छ । डल्ले सरायँको प्रभावकारी रुपमा प्रचार प्रसार हुन सक्ने हो भने यसले आर्थिक उपार्जनमा पनि महत्वपूणर् योगदान दिन सक्दछ । त्यसैले आजको युवा पुस्ताले समय सापेक्ष यसको बिकासमा लाग्न जरुरी देखिन्छ । हाम्रो एकताबाट साभार ।