ट्रेन्डीङ्ग

“खरच पठल त बचल नतर मरल” भन्ने यो उखान गोठ बसेको गोठालोले घरमा पठाएको यो सन्देश नसुनेको सायदै कमै होउँला । भनिन्थ्यो उबेला (पहिले पहिले) एक ठाउँको खवर अर्को ठाउँ पुर्याउन परेवाको खुट्टामा डोरी बाँधेर पठाइन्थ्यो रे ।

मानव सभ्यताको विकाससँगै बिभिन्न आविस्कारहरुको पत्ता लाग्यो । सञ्चारका लागि बिभिन्न प्रयास र विकास भइरहँदा नेपालमा चिठ्ठि पत्रको जमाना थियो र अहिले पनि कायमै छ । चिठ्ठि पत्रको बिकल्पमा गाउँघरमा कटुवाल प्रथा पनि प्रचलन अँझै चल्तिमा छ ।

अहिलेको युग सञ्चार प्रविधिको तिब्र बिकास भएको युग हो । अहिले नेपालका जुनसुकै कुनामा बसेर पनि संसारभरका खवर सुचना आदान प्रदान गर्न सकिन्छ । अहिले विकसित भएको प्रविधिले घरदेशीलाइ आउने परदेशीका चिठ्ठि पत्र इतिहास बनेका छन् । प्रविधिको अधिकतम विकास र सुविधाले परदेशिका लागि वरदान बनेको छ ।

आजभोलि काम सकेर फुर्सद भयोकि फोनमै झुन्डिने आदत बसेको छ । पहिले टेलीफोन गर्न नपाएपनि चिठ्ठिकै सहारामा मन जोडिन्थ्यो भने अहिले हुने दैनिक सम्पर्कले पनि कतिपयको मन र सम्बन्ध टुटेका र छुटेका छन् ।

उहिले आवा गरेर पठाएको खवर पाउन महिनौ कुर्न पर्थ्यो । हुलाकी दाइ आउने र जाने बाटोमा कुर्नुपर्ने त्यो बाध्यता करिव करिव हटेको छ । किनकी पारिवारिक न्यास्रो लाग्दा जतिबेला पनि टेलीफोन गर्न सकिन्छ । सबैका हात हातमा मोवाइल फोन राख्न थालिएको छ । मोवाइलबाट सुन्ने र सुनाउने मात्र भन्दा पनि आजभोलि परदेश र घरदेश रहेका आफ्ना परिवार र आफन्तलाइ प्रत्यक्ष भिडियो कल गर्न सकिन्छ ।

हाम्रो देशमा अन्य विकासको गति जति ढिलो छ त्यो भन्दा दुई गुणा बढी सञ्चार प्रविधिको विकास भएको छ । अहिले जो कोहि पनि सञ्चार र प्रविधि बिना समय बिताउनै सक्दैनन् ।

अहिले प्रत्येक परिवारमा मात्र होइन परिवारका सबै सदस्यका हात हातमा मोवाइल फोन बोक्ने गरीन्छ । बुवा आमा, छोराछोरी, हजुरबुवा हजुरआमा प्राय फोन नहुने परिवारका सदस्य छैनन् । सबैलाइ मोवाइल फोनको आवश्यकतासँगै फेसन जस्तै बनेको छ मोवाइल राख्नु पनि ।

प्राय परिवारका कुनै न कुनै सदस्य वैदेशिक रोजगारी र कामका लागि घर बाहिर बस्नुपर्ने भएकाले घर फर्कदा सबैले उपहारका रुपमा मोवाइल फोन ल्याइदिने प्रचलन छ ।

बिदेश भएकाहरुलाइ घर फर्कने बेला सबैको एउटै इच्छा र माग राख्छन “अलि गतिलो ल्याइदिनु है यो मोवाएल बिग्रिसक्यो” । घरबाट सात समुन्द्रपारी मरुभूमिमा रहेपनि जतिसुकै खर्च लागेपनि घरदेश आउँदा साइनो अनुसार मोवाइल ल्यादिन्छ पनि ।

अहिले घरघरै हात हातमा मोवाइल भएपनि पहिले पहिले परिवारसँग सम्पर्क गर्नका लागि जतिसुकै खर्च गरेपनि संभव हुने थिएन । थोरै पैसामा नोकरी गर्दा घरदेशबाट पिसियो गएर परदेश रहेका सन्तानलाइ साहुको फोनमा टेलीफोन गर्नु पर्थ्यो ।

परिवार पाल्नका लागि बाध्यताले घर परिवार र देशै छाडेर परदेशीएकाहरुलाइ अहिलेको विकसित युगले सहज बनाएको छ । सन्चो बिसन्चो मात्र सोध्न नसकिने ति कठिन दिनहरु भन्दा अहिले घण्टौ भिडियो कल गरिन्छ ।

छिमेकि र हुलाकी दाइलाइ चिठ्ठि लेख्न लगाउने र बाँच्न (पढ्न) लगाउनु पर्थ्यो । श्रीमतिलाइ श्रीमानले र श्रीमतिले श्रीमानलाइ लेख्नुपर्ने चिठ्ठी पढाइ लेखाइको अभावमा अरुको सहारामा आदान प्रदान गर्नुपर्ने अर्को बाध्यता थियो ।

पहिले पहिले पारिवारिक खवर र मनको भावना पोख्ने एउटा मात्र सञ्चारमाध्यम भनेको चिठ्ठि पत्राचार नै थियो । पङ्तिकार कामका लागि भारत जाँदा थकित शरिरसँग लड्दै घरदेशमा चिठ्ठि लेखेर पठाउन पाउनु पनि खुबै खुसी र आनन्दित भएको महसुस हुन्थ्यो । त्यो बेला लेखिने पत्रमा आजभोलि फोनमा गरिने जस्तो अनावश्यक गफ हुन पाउँदैनथ्यो। एकपटक पठाएको पत्र अर्को नआउँदासम्म मायाको पोकोको त्यो पत्र दोहोर्याइ तेहर्याइ पढिन्थ्यो । परदेशबाट घरदेख पत्र पठाउँदा र यिनै पुराना चिठ्ठि पढ्दा समय बितेको पत्तै हुँदैन थियो ।

चिठ्ठि लेखेर पठाएको खवर गाउँमा थाहा पाए नपाएको खवर दिन बजारमा राखिएका पिसियोमा फोन गरिन्थ्यो । पत्र पठाएपछि पुग्यो होला कि नाइँ भनेर मनमा खुल्दुली रहँदा संयोगले पिसियोको ल्याण्डलाइन फोनमा दुई चार मिनेट कुरा गरिसकेपछी सबै कुरा पत्रमा छ है भनेर काटिन्थ्यो ।

आजभोलि काम सकेर फुर्सद भयोकि फोनमै झुन्डिने आदत बसेको छ । पहिले टेलीफोन गर्न नपाएपनि चिठ्ठिकै सहारामा मन जोडिन्थ्यो भने अहिले हुने दैनिक सम्पर्कले पनि कतिपयको मन र सम्बन्ध टुटेका र छुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय