ट्रेन्डीङ्ग

प्यूठान जिल्लाभर स्वास्थ्य बिमाको पहुँचमा ३४ प्रतिशत नागरिक रहेका छन् । ९ वटै स्थानीय तह मध्य धेरै स्वास्थ्य बिमा गर्ने माण्डवी गाउँपालिका रहेको छ । माण्डवी गाउँपालिकामा ७२.३४ प्रतिशतले स्वास्थ्य बिमाको सेवा लिएका छन् । त्यस्तै प्यूठान नगरपालिकामा ४६.४३, स्वर्गद्धारीमा ४३.२६, झिमरुकमा २८, मल्लरानीमा ४३.२६, गौमुखिमा २३.४, नौबहिनीमा २०.७७, ऐरावतीमा १७.४१ र सरुमारानीमा १९.२४ प्रतिशत नागरीकले स्वास्थ्य बिमाको सेवा लिएको स्वास्थ्य बिमा वोर्ड प्यूठानका कार्यालय प्रमुख जेद घर्तिले बताउनुभएको छ । साथै स्वास्थ्य बिमाको पहुँचमा जिल्लाका ३४ प्रतिशत तथा ७८ हजार ७ सय ९७ जनाले स्वास्थ्य बिमामाट सेवा लिएको घर्तिले बताउनुभएको छ ।

 

स्वास्थ्य बिमा वोर्डको दशौं स्थापना दिवसको अवसरमा स्वास्थ्य कार्यालय प्यूठानमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य बिमामा नागरीले धेरै झन्जट मानेता पनि थप प्रभावकारी बनाई नागरीकमाझ सरल ढंगबाट स्वास्थ्य बिमालाई लैजानु पर्ने नागरिक अगुवाहरुले सुझाएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रमलाई स्थानीय सरकार मार्फत नागरीकको पहुँच विस्तार गर्न आवाश्यक रहेको आम नागरीकको बुझाई छ । स्वास्थ्य बिमा कार्यक्रमलाई आम नागरीक स्तरमा लैजान पालिका तथा वडा स्तरमै स्वास्थ्य बिमा शिक्षा कार्यक्रम गर्नु पर्ने पनि नागरीकहरुको माग छ ।

 

२०७२ सालमा कैलालीबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम हाल देशभर संचालनमा रहेको छ । आज बिमा बोर्डको स्थापना दिवस बोर्डले देशभर मनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय