आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले माण्डवी गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा निरन्तर चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । माघ २३, २४ र २५ गते सञ्चालन गरिएका कार्यक्रमहरू जनसम्पर्क, संगठन सुदृढीकरण र स्थानीय जनताको प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित रहे ।
माघ २३: कार्यालय उद्घाटनदेखि गाउँ–गाउँको संवादसम्म :
माघ २३ गते बिहान प्युठान नगरपालिका वडा नम्बर ४ र ७ मा निर्वाचन केन्द्रित पार्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरिएको थियो । कार्यालय उद्घाटनसँगै चुनावी माहोल थप उत्साहपूर्ण बनेको थियो । त्यसपछि दिउँसो माण्डवी गाउँपालिका–३ देविस्थानस्थित माण्डवी गाउँपालिकाको सभाहलमा निर्वाचन केन्द्रित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सभाहलमा आयोजित कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापाले मतदाताका चासो, गुनासो र अपेक्षा ध्यानपूर्वक सुन्नुका साथै आफ्नो स्पष्ट प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो ।
त्यसपछि माण्डवी गाउँपालिका वडा नम्बर २ अन्तर्गत साविक मर्काबाङ गाविसका ढिकावन र बगुवा तथा वडा नम्बर १ अन्तर्गत साविक तिराम गाविसको बडेचौरमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको थियो । ती भेटघाटमा स्थानीय जनताले सडक, खानेपानी र विकास पूर्वाधारलाई मुख्य मुद्दाको रूपमा उठाएका थिए ।
यस क्रममा छमखट्टा-अरङ्गखोला पुल तथा कुमालटार-कोन्द्रेचौर-रातापानी-मुर्कुटी जोड्ने बाटोको स्तरवृद्धि गरी कालोपत्रे गर्नुपर्ने माग विशेष रूपमा उठाइएको थियो । उम्मेदवार थापाले यी मागलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
माघ २४ : घरदैलो, युवा भेटघाट र विकासका माग :
माघ २४ गते बिहान जस्पुरबाट घरदैलो कार्यक्रम सुरु गरिएको थियो । त्यसपछि माण्डवी गाउँपालिका–३ स्याउलिघारिका मतदातासँग चुनावी भेटघाट सम्पन्न भयो । दिउँसो माण्डवी गाउँपालिका–४ का सल्लिकोट, सल्लिखर्क र सिरवारीमा क्रमशः भेटघाट गरिएको थियो ।
यसैदिन स्वर्गद्वारी नगरपालिका–९ धरम्पाका मतदातासँग पनि चुनावी भेटघाट गरिएको थियो । चौरपानी, ढोवाघाट हुँदै उदयपुरकोट पार गरेर माण्डवी गाउँपालिका–३ आपचौरका मतदातासँग भेटघाट गरियो भने साँझ पुनः जस्पुरमा सन्ध्याकालीन भेटघाट कार्यक्रम सम्पन्न भयो ।
चुनावी भेटघाटका क्रममा यस क्षेत्रका मतदाताले खानेपानीको गम्भीर समस्या र कालिपोखरीदेखि स्वर्गद्वारी ‘प्रभुको पाइलासम्म’ जोड्ने सडक निर्माणलाई मुख्य मागको रूपमा प्रस्तुत गरेका थिए । उम्मेदवार सूर्य थापाले यी विषयलाई प्राथमिकतामा राखी दीर्घकालीन समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो ।
माघ २५ : ग्रामीण बस्ती, ऐतिहासिक भेट र भावुक क्षण :
माघ २५ गते बिहान जस्पुरमा घरदैलो कार्यक्रम सम्पन्न भएपश्चात् क्रमशः माण्डवी गाउँपालिका–५ अर्दुस र चकचकेका मतदातासँग चुनावी भेटघाट गरिएको थियो । लगत्तै माण्डवी–१ का थक्लेनी, खरिबाङ, तिराम तथा माण्डवी–२ ढाँड बिचगाउँका नागरिकसँग भेटघाट गरिएको थियो ।
भेटघाटका क्रममा मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो । स्थानीय नागरिकले आफ्ना समस्या, धारणा र अपेक्षा खुलेर राखेका थिए । उम्मेदवार सूर्य थापाले ती सबै मागप्रति गम्भीरता व्यक्त गर्दै आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो ।
“उम्मेदवार थापा यी बस्ती र टोलटोलमा आफू पुग्दा टपरी बनाउने, पानी पधेरो, घाँस दाउरा गर्ने देखि लगाएर चुनावी कार्यक्रमहरुमा समेत महिलाहरूको उत्साहजनक सहभागिता र खुसी देखेर भावनात्मक सम्बन्धसङ्ग विकासका पाटो जोडिएको बताउनुभएको छ ।”
“यो सङ्गै उम्मेदवार थापालाई चुनावी भेटघाट र अभियानका क्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीको ८७ वर्षी आमा केशरा अधिकारीले आशिर्वाद समेत दिनुभएको थियो । आमासङ्गको छोटो भलाकुसरिमा उम्मेदवार थापाले आफ्नो फूलको माला आमालाई लगाउदा झनै खुशी देखिएसङ्गै जीतको शुभकामना दिनुभएको थियो ।”
यस क्रममा २०२४ सालमा जननिर्वाचित राष्ट्रिय पञ्चायत सदस्य गिरिराज उपाध्यायको घरसम्म पुगेर उहाँप्रती स्मरण तथा सम्मान प्रकट गर्नुभएको थियो । यो भेटले राजनीतिक इतिहास र वर्तमान अभियानबीच भावनात्मक सम्बन्ध जोडेको उम्मेदवार थापाले स्मरण गर्नुभएको थियो ।
सकसपूर्ण यात्रा, आँसु र भरोसाको सम्बन्ध :
यी सबै चुनावी भेटघाटका क्रममा ग्रामीण सडकको सकसपूर्ण अवस्था प्रत्यक्ष अनुभव गरिएको थियो । अनुभवी चालकको सहायताले कठिन बाटो पार गर्दै उम्मेदवार सूर्य थापा विभिन्न बस्तीमा पुग्न सफल हुनुभएको थियो । कतिपय स्थानमा नागरिकको आँखामा आँसु देखिएको थियो भने उम्मेदवारसँग पीडा र खुसी साटिएको दृश्य भावुक बनेको थियो ।
विशेषगरी सिरवारीदेखि धरम्पासम्मको सडक खण्ड निकै अप्ठ्यारो भए तापनि चालक जायद मियाँले सहज रूपमा यात्रा गराएर स्वर्गद्वारी नगरपालिका–९ का स्थानीयसँग भेटघाट गराइएको थियो । स्थानीयले यसलाई भरोसा र सहकार्यको उदाहरणका रूपमा लिएका छन् । ग्रामिण बस्ती, सडक र भूगोलको प्रत्यक्ष अवलोकन गर्दा स्थानीयहरुको आवश्यकता नजिकबाट नियाल्न पाएकाले पिडा सङ्गैको आवश्यकता महसुस गरि केही नयाँ अनुभव र नयाँ पाठ सिक्न पाएको उम्मेदवार थापाले बताउनुभएको छ ।
युवा भेला, संगठन र जनसम्पर्कको भरोसा :
चुनावी भेटघाटसँगै विभिन्न स्थानमा युवा भेला पनि सम्पन्न भएका छन् । युवाहरूले रोजगारी, शिक्षा, खेलकुद र पूर्वाधार विकासका विषय उठाएका थिए । उम्मेदवार थापाले युवालाई विकासको मुख्य शक्ति मानेर काम गर्ने स्पष्ट धारणा राख्नुभएको छ । माण्डवी-१ तिराममा रास्वपाले छरेको भ्रम नर बहादुर खत्री लगायतका अग्रज महिलाहरु मार्फत चुनावी कार्यक्रममा चिरिएको बताउदैन कोहि कसै भ्रममा नपर्न आग्रह गर्नुभएको थियो ।
संगठन र जनसम्पर्कको सुदृढ आधारका कारण चुनावी अभियान थप प्रभावकारी बनेको देखिन्छ । स्थानीय स्तरमा पार्टी संगठन सक्रिय रहनु र जनताको विश्वास बढ्दै जानुले प्रतिस्पर्धीहरूलाई समेत चुनौती थपिएको छ । माण्डवी गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा सम्पन्न यी चुनावी भेटघाट कार्यक्रमले सूर्य थापाको अभियान जनताको पीडा, अपेक्षा र भरोसासँग गहिरो रूपमा जोडिएको देखाएको छ । खानेपानी, सडक र आधारभूत पूर्वाधारका मुद्दालाई प्राथमिकतामा राख्दै गरिएको प्रतिबद्धताले आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






