ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकामा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

पछिल्लो समय प्रत्येक स्थानीय तहहरुले अध्यक्ष कप सञ्चालन गर्दै आएकोमा प्युठानको नौबहिनी गाउँपालिकाले भने पौष १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने गरि पहिलो पटक अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

गाउँपालिकाले २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगितालाई प्रदेश स्तरीय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको रुपमा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।

खेलमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहबाट पुरुष भलिबल खेलाडीहरु सहभागी हुन पाउने प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो ।

जसको प्रथम पुरस्कार क्रमश: नगद रु. १ लाख ५० हजार, द्वितीय १ लाख र तृतीय पुरस्कार नगद रु. ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

गाउँपालिकाको सूचना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय