ट्रेन्डीङ्ग

प्युठानमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको घटनास्थलमै मृ*त्यु भएको छ । बिहीबार साँझ करिब ७:०० बजे बाग्दुला–बहाने सडक खण्ड अन्तर्गत प्युठान नगरपालिका–८ पाडाबाङस्थित बहानेदेखि दम्तीतर्फ आउँदै गरेको रा १ ख १८३९ नम्बरको टिप्परले पैदल यात्री अशोक परियार (अन्दाजी ३४ वर्ष)लाई ठक्कर दिएको हो ।

टिप्परको पछाडिको टायरले कुल्चिँदा उनको घटनास्थलमै मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

मृतक राप्ती गाउँपालिका–१ भालुबाङ, दाङ निवासी रहेको र सोही सडकमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । टिप्पर चालक प्युठान नगरपालिका–२ जुम्री निवासी अशोक राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बाग्दुलाबाट प्र. व. ना. निरीक्षक चन्द्रबहादुर मगरको नेतृत्वमा पुगेको टोलीले घटनास्थल नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय