ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकामा बालविवाह, किशोरावस्थाको गर्भधारण तथा विद्यालय छाड्ने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले दुई दिवसीय कार्यशाला गोष्ठी सुरु भएको छ ।

बिहीबार नौबहिनी गाउँपालिकाको आयोजना तथा Ipas Nepal र मल्लरानी ग्रामीण विकास केन्द्रको समन्वयमा उक्त कार्यशाला औपचारिक रूपमा सुरु गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला तथा बालबालिका क्षेत्रमा कार्यरत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

कार्यशालामा बालविवाह, किशोरावस्थामा हुने गर्भधारण र विद्यालय छाड्ने अवस्थाका कारण, प्रभाव तथा समाधानका उपायहरूबारे छलफल गरिने गाउँपालिकाले जनाएको छ । यस्तै, समुदायस्तरमा सचेतना अभिवृद्धि, नीति निर्माणमा सहजीकरण तथा प्रभावकारी कार्यान्वयनका लागि साझा रणनीति तय गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा सहभागीहरूले स्थानीय तहबाटै यस्ता सामाजिक समस्याको समाधान खोज्न आवश्यक रहेकोमा जोड दिएका छन् । साथै, अभिभावक, विद्यालय र समुदायबीच समन्वय गर्दै दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गर्नुपर्ने धारणा बारे ८ वटा क्षेत्रहरूमा सूक्ष्म अध्ययन र छलफल गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यशालाबाट ठोस कार्ययोजना तयार पारिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय