ट्रेन्डीङ्ग

तेजेन्द्र बुढा मगर
स्वर्गद्वारी, प्युठान

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका क्षेत्रमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य थापाको चुनावी अभियान तीव्र बन्दै गएको छ । माघ २१ र २६ गतेदेखि २८ गतेसम्म नगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा आयोजित भेटघाट, घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमले चुनावी माहोल थप तताएको छ ।

 

माघ २१ : बेलबास र तापामा भेटघाट, राजमोबाट एमाले प्रवेश

माघ २१ गते स्वर्गद्वारी–६ बेलबास र वडा नं. ७ तापामा चुनावी भेटघाट कार्यक्रम सम्पन्न भयो । सो अवसरमा बेलबास निवासी सेर बहादुर पुनले राजमो परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभयो । उहाँलाई उम्मेदवार सूर्य थापाले पार्टीको संगठित सदस्यता प्रदान गर्दै औपचारिक स्वागत गर्नुभयो । कार्यक्रमसँगै स्थानीय अग्रज व्यक्तित्वहरूसँग भेटघाट गरी आशीर्वाद ग्रहण गरिएको थियो ।

 

माघ २६ : युवाभेला र विभिन्न स्थानमा अभियान विस्तार

माघ २६ गते बिहान बाझीपुरमा युवाभेला आयोजना गरियो, जहाँ नेपाली कांग्रेस परित्याग गरी हेमराज राउतसहितका युवाहरू एमालेमा प्रवेश गरे ।
त्यसैदिन स्वर्गद्वारी–९ जुडापाटा, वडा नं. ४ गोठिबाङ, बाँझिपुर, तल्लो फाँट (भिङ्ग्री बजार), बाल उद्धान केन्द्र, तथा वडा नं. ३ किमिचौर लगायतका स्थानमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

 

माघ २७ : श्रद्धाञ्जली, समवेदना र पार्टी प्रवेश

माघ २७ गते बिहान भिङ्ग्रीमा स्वर्गीय लक्ष्मी देवी शर्माप्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । त्यसपछि स्वर्गद्वारी–४ घडेरी, भिङ्ग्रीकोट (खत्री टोल), वडा नं. ३ डाँडाखर्क ‘क’ लगायत स्थानमा नागरिकसँग भेटघाट सम्पन्न भयो । यसै क्रममा छन्द बहादुर बुढाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी जमुना सुनार र खिम बहादुर सुनार एमालेमा प्रवेश गर्नुभयो । उहाँहरुलाई उम्मेदवार थापाले पार्टीमा स्वागत गर्नुभएको थियो । स्वर्गद्वारी–१ भञ्ज्याङ छेंडामा उम्मेदवारलाई फूलमालाले स्वागत गरिएको थियो । बराहथान टोल, कोचिबाङ दाबाङ, झुपुल्टे, रुमाले वडा नं. २ को अरेबास तथा स्वर्गद्वारी परिक्रमा मार्ग क्षेत्रमा पनि घरदैलो र भेटघाट कार्यक्रम सञ्चालन भयो ।

 

माघ २८ : घरदैलो र स्वर्गद्वारी दर्शन

माघ २८ गते बिहान स्वर्गद्वारी–४ भिङ्ग्री बजारमा घरदैलो कार्यक्रम सम्पन्न भयो । त्यसपछि वडा नं. ८ हुलाक–बर्जिबाङ, वडा नं. ५ तल्लो सारी र उपल्लो सारी माझटोलमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरियो ।

उपल्लो सारीमा दुई जना युवाले नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । साँझ उम्मेदवार सूर्य थापा भिङ्ग्रीबाट प्रस्थान गरी स्वर्गद्वारी मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभयो ।

रात्रीकालीन आशीर्वादसहित प्रसाद ग्रहण गर्दै उहाँले स्वर्गद्वारी महाप्रभुको आशीर्वाद सदैव शिरोपर रहने विश्वास व्यक्त गर्नुभयो । “यो पुण्यभूमिले सबैको धार्मिक, सामाजिक र सांस्कृतिक जीवनमा सकारात्मक परिवर्तन ल्याओस्,” उहाँले भन्नुभयो, “स्वर्गद्वारी प्रभुले हामी सबैको कल्याण गरुन्।”

 

अभियानले पाएको स्थानीय साथ

नगरपालिकाका विभिन्न टोल र वडाहरूमा भइरहेको निरन्तर भेटघाट, युवाहरूको सक्रिय सहभागिता तथा पार्टी प्रवेश कार्यक्रमले उम्मेदवार सूर्य थापाको चुनावी अभियानलाई थप ऊर्जा दिएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ । स्वर्गद्वारी क्षेत्र धार्मिक आस्थाको केन्द्र मात्र नभई राजनीतिक रूपमा पनि महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा देखिएको सक्रियता र जनसहभागिताले आगामी निर्वाचनको प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय