ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाले महिला संजाल नेतृत्व तथा क्षमता विकास (कार्यक्रम संचालन, प्रस्तावना र प्रतिवेदन लेखन) सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ ।

 

महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको दुई दिनसम्म सिर्जनशील संस्था नेपालका सहजकर्ता प्रतिमा पन्थीले प्रशिक्षण गर्नुभएको थियो ।

नौबहिनी गाउँपालिका स्तरीय महिला संजालका पदाधिकारीहरुको तालिममा सक्रिय सहभागीता रहेकोे थियो । उनीहरुले उत्साह पुर्वक तालिम लिएका छन् भने आफुहरुले पाएको अवसरको भरपुर सदुपयोग गर्ने बताएका छन् ।

यसैबीच सिर्जनशील संस्था नेपालद्वारा संचालित शुन्य फोहोर तथा स्वच्छ महिनावारी अभियान अन्तर्गत महिलाहरुलाई कपडाबाट बनाइएका पुन!प्रयोगयोग्य प्याड समेत वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय