ट्रेन्डीङ्ग

नेकपा एमालेका क्रियाशील जनवर्गीय संगठनहरुले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी कार्ययोजना बनाएका छन् । पार्टीका चुनाव लक्षित कार्यक्रमलाई सफल बनाउन जनवर्गीय संगठनहरुले समेत आ-आफ्ना कार्ययोजना बनाएर जाने निर्णय गरेका छन् ।

उम्मेदवारसङ्ग अनेरास्ववियु, युवा, ट्रेड युनियन, रिटर्नी फेडेरेसन, अनेम संघ, उद्योग व्यवसायी, जातीय मुक्ति, आदिवासी लगायत रहनेगरी कार्यक्रमसङ्गै कार्ययोजना बनाएका छन् । ती संगठनहरुले पार्टीका कार्यक्रमको प्रचारप्रसार गर्न सुचना डेस्क बनाएर समेत सहयोग गर्ने बताएका छन् ।

यसैबीच लोक बहादुर महराले नेकपा (माओवादी)ले गत पौषमा पार्टी प्रवेश गरे भन्दै भ्रम फैलाएको बताउदै आफू नेकपा एमालेमै रहेको र सुर्य ध्वजाबाहक उम्मेदवार सूर्य बहादुर थापा क्षेत्रीलाई जिताउन लाग्नुका साथै उहाँलाई जिताउनका आव्हान समेत गर्नुभएको छ । पार्टी अध्यक्ष बिजय बिराज बिष्ट र उम्मेदवार थापाले पार्टीका जनवर्गीय संगठनहरुको विस्तारित बैठकमा स्वागत समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय