ट्रेन्डीङ्ग

आगामी फागुन २१ मा हुने निर्वाचनको रौनकता बढ्दै गएको छ । माघ ६ गते उम्मेदवार मनोनयन दर्ता गरेसङ्गै दलहरू आ-आफ्ना चुनावी एजेन्डा लिएर प्रचारप्रसारमा जेटेका छन् ।

यसैबीच नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले मनोनयनका दिन जुटेका नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्दराज पोख्रेल र आफ्नो संयुक्त तस्बिरको बारे बोल्नुभएको छ । उहाँले भन्नुभएको छ, “यसपटकको चुनावी प्रतिस्पर्धा हाँसो भित्रै छ, अरु सबै आगन बाहिरका अवसरवादी हुन्, केवल अवसरका सानो पात्र हुन् ।”

आफुहरु कुनै दल वा संगठन नछाडेर दलभित्रै राजनीतिक जीवन व्यतीत गरेको कुरा बोल्दै अहिलेको निर्वाचनका लागि मनोनयन दर्ता गरेका अन्य दलका उम्मेदवारहरु अवसरवादी भएको बताउनुभएको छ । उनिहरु मसाल, माओवादी, एमाले लगायतका पृष्ठभुमिबाट अवसरका लागि अन्य दलको तर्फबाट उम्मेदवार बनेकाले विकासका लक्ष्य नभएका समेत बताउनुभएको छ ।

पार्टीका जनवर्गीय संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले ५ वर्षका लागि निर्वाचित भएपनी हाल देशको अवस्थाको कारण पुनः निर्वाचन भएसङ्गै अधुरा कामहरू पुरा गर्न बाँकी रहेकाले आम जनतासामु साक्षतकार गर्दै चुनावी मैदनमा आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय