ट्रेन्डीङ्ग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बहाने, शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

शाखाले नौबहिनी गाउँपालिका अन्तर्गतका विद्यालयहरु मध्य शिव माध्यमिक विद्यालयलाई छनोट गरि न्यानो कपडा वितरण गरेको हो । शिव माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३० जना विपन्न, गरिब, जेहन्दार तथा अपांग विद्यार्थीहरुलाई कपडा वितरण गरिएको छ ।

विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई सुधार गर्ने, विकट ठाउँहरुमा बैंक तथा बित्तीय संस्थाहरुको भुमिका र विभिन्न प्रकारका अवैध क्रियाकलापहरुबाट सजग गराउने उद्देश्यले न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक नुमलाल गोराथोकीले बताउनुभयो ।

नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रमको अध्यक्षता वि. व्य. स. अध्यक्ष कृतिमान बुढा मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय