नौबहिनि गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । प्रतियोगितामा गाउँपालिकाका ११ वटा मा. वि. हरुले भाग लिएका थिए ।

जस मध्ये गंगा मा. वि. बहानेले ७ स्वर्ण, ४ रजत र ३ कास्य गरि १४ पदक सहित प्रथम भइ शिल्ड हात पारेको छ । दुर्गा मा. वि. खावाङ्गले ६ स्वर्ण, ७ रजत र २ कास्य गरी १५ पदक लिएर दोस्रो भएको छ । त्यस्तै शिव मा. वि. स्याउलिबाङ्गले ३ स्वर्ण र १ कास्य पदक सहित तेस्रो भएकाे छ ।

गावै मा. वि. डामृ गावै मार्चपासमा उत्कृष्ट भएको छ भने जनज्योति मा. वि. लुङ्गले अनुशासनको पुरस्कार प्राप्त गरेको छ ।







