प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका-२ अर्खा बङ्गालेमा गएराती चट्याङ लाग्दा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते हुनुभएको छ ।
राति करिब ९ बजेतिर ससुराली घरमा बसिरहेको समयम बाइचौरका २८ वर्षीय रमित राना बितालुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
शनिवारकै दिन उहाँ श्रीमती सहित ससुराली जानुभएको थियो । श्रीमती गर्भवती रहेको समेत पारिवारिक स्रोतले जनाएको छ । उक्त घटनामा परि सोहि घरका १७ वर्षीय प्रेम सुनार घाइते हुनुभएको छ ।
घाइतेलाई प्राथमिक उपचारका लागि स्थानीय मेडिकलमा लगिएको प्रहरी सहायक निरीक्षक मिन बहादुर सेनले जानकारी दिनुभएको छ ।






