ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका वडा नं. ५ मा आ. व. २०८१/०८२ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय निकाय र नागरिकहरु बिच दोहोरो संवाद स्थापित गरि जनतालाई सार्वजनिक सेवा प्रवाह र दिगो विकास निर्माणमा ठोस परिणाम ल्याउले उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष दलराज पुन मगरले बताउनुभयो ।

स्थानीय निकायबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सर्वजनिक गरि सेवाग्राही नगारिकले उठाएका सवालहरुमा स्पष्टता, पारदर्शिता गराउन र रचनात्मक सुझावहरुलाई ग्रहण गरि आगामी कार्ययोजना चुस्त बनाउन हरेक वर्ष वडा स्तरमा सार्वजनिक सुनुवाइ गरिएको उहाँ भनाइ छ ।

स्वास्थ्य संस्था, शैक्षिक संस्था, प्रहरी चौकी तथा वडा कार्यालय मार्फत वर्षभरी भएका गतिविधिहरु सार्वजनिक गरि उपलब्ध सुझावहरु संकलन गरि सेवा प्रवाहलाई थप मजबुत र जिम्मेवार बनाउन यस कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

उपभोक्ता समिति मार्फत भएका २५ वटा विकास निर्माणका कार्यहरुमा ९६.९४ प्रतिशत उपलब्धि हासिल गरेको वडा प्राविधिक इन्द्र घर्ती मगरले बताउनुभयो थियो । यस्तै अन्य वडाहरुको तुलनामा करिब १० लाख राजस्व संकलन गरि महत्त्वपूर्ण भुमिका खेलेको वडा सचीव ज्ञान बहादुर घर्ती मगरले बताउनुभएको थियो ।

कार्यक्रममा नागरिकबाट उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिने आवस्यक सुझावहरुलाई मार्गनिर्देशनका रुपमा लिइएको थियो ।

नौबहिनी गाउँपालिका ५ नं. वडा कार्यालयको आयोजना एवं प्युठान मिडिया नेटवर्क प्रा. लि. तथा वडा स्तरीय युवा सञ्जालको सहजीकरणमा कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय