ट्रेन्डीङ्ग

गैर आबासिय नेपाली सघ पोर्चुगलको सपथग्रहण कार्यक्रम  सनिश्चवार पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ ।

एन आर एन ए पोर्चुगलको  दशौ महाधिवेशन बाट निर्वाचित अध्यक्ष  दीपा काफ्ले लगाएत सम्पुर्ण  कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुलाई निर्वाचन समितिका सम्योजक गम्बिरजङ्ग गुरुङ्ग के पद तथा गोपनिएताको सपथ ग्रहण गराउनु भएको  थियो ।

यहि जुलाई 6 तारिख मा लिस्बोन मा सम्पन्न महाधिवेशनमा धेरै पदमा निर्बिरोध उमेदवारहरु निर्वाचित भएका थिए भने अध्यक्ष र कोषाध्यक्ष पदमा भने चुनाव गर्नु परेको ले सपथग्रहण कार्यक्रम ढिलो हुन गएको सम्योजक गुरुङ्ग ले बताउनु भयो ।

गैर आबासिय नेपाली सघको केन्द्रिय सचिब तिलक प्रसाद गैर्हे को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा जन सम्पर्क मन्च पोर्चुगल का अध्यक्ष युवराज पन्थी , जन प्रगतीशिल मन्चका अध्यक्ष रेशम बस्नेत गैर आबासिय नेपाली सघ युरोप उपसम्योजक माधव पोख्रेल लगाएतको उपस्थिति रहेको थियो।

नवनिर्वाचित आइसिसी सदस्यहरु राजकुमार गुरुङ्ग, बिनोद बुढाथोकी  र सरिता शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ भने कार्यसमितिमा अध्यक्ष दीपा काफ्ले उपाध्यक्षहरु प्रेम बहादुर बुढाप्रीथी,  गणेस गुरुङ्ग , शिवराज राई, नृपेश गिरि, सुदन निउरे, बिष्णु बहादुर घर्ती  र सरस्वती खनाल तिमिल्सिना, महिला उपाध्यक्ष मा पेमा डोल्मा शेर्पा  निर्वाचित हुनु भएको छ ।

त्यस्तै महासचिवमा गोबिन्द बुढाथोकी सचिवहरु सुरज भण्डारी, पुस्करराज जोशी र सुवास पौडेल निर्वाचित हुनु भएको छ । महिला सम्योजक खगिसरा न्यौपाने युवा संयोजक पेम्वा शेर्पा,  लेखा संयोजक सुरेश गिरी लगाएत निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय