ट्रेन्डीङ्ग

मिस ग्राण्ड नेपाल २०२५  को उपाधि रामेछापकी चाहाना प्रधानले जित्नुभएको छ । देशभरबाट प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीलाई उछिन्दै चाहनाले उपाधि सहित इभी स्कुटर हात पार्न सफल हुनुभएको छ । चाहानाले मिस ग्राण्ड नेपाल २०२५  को उपाधि हात पार्दा प्युठानकी स्नेहा के. सी.ले  मिस सुपर ग्लोबल नेपाल २०२५ को उपाधी हात पार्नुभएको हो ।

त्यसैगरी सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मुल्यांकन सहित गरिमा गुरुङले मिस टुरिजम वर्ल्ड नेपाल २०२५, सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ को उपाधि हात पार्न सफल हुनुभएको छ । फरक-फरक विधामा छानिएका चार  विजेताले  नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गर्ने छन् ।

मुख्य ४ विजेताहरूले सौन्दर्यको ताज सङ्गै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । उनीहरू आगामी वर्ष २०२५ र २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै नेपालको पहिचान विश्वसामु उजागर गर्नेछन् ।

मुख्य बिजेताले ईभि स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर सङ्गै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन् । आर.के. इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाए निर्देशक राम के. सी.ले जानकारी दिनुभएको छ ।

यो सङ्गै प्रदेश तर्फ मिस ग्राण्ड गण्डकीको ताज रेबिका मगर, मिस ग्राण्ड सुदुरपश्चिमको मिना मिस्ती देउवा, मिस ग्राण्ड बाग्मती इबिसा राउत, मिस ग्राण्ड मधेस आरति ठाकुर र मिस ग्राण्ड कोसीको ताज गायन चाम्लिङ राइले हात पारेका छन् ।

कार्यक्रममा  देशभरका युवा प्रतिभाको सहभागिता रहेको थियो ।  नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झा को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व राजुले गर्नुभएको थियो ।  निर्णायकका रुपमा भने गीता गुरुङ, मिस पबी, सुस्मी कँडेल, प्रमिला  सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड जजको रूपमा रामहरि सिलवाल उपस्थित हुनुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय