ट्रेन्डीङ्ग

प्युठानको जुम्रीमा बच्चा जन्माएर बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी बच्चा भेटिएको स्थानमा पुग्दा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा बच्चा भेटाएको ईलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ ।

महिलालले बच्चा जन्माएर फरार भएकी छिन् । बुधबार बिहान भेटिएको बच्चा अहिले जिल्ला अस्पताल बिजुवार प्युठानमा राखिएको छ ।

बच्चा कसले जन्माएर फरार भएको हो भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ । बच्चा जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा रहेको जस्ताको छाप्रोमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय