
कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कविता संग्रह काठमाडौमा कार्यक्रम भएको छ । शनिबार एक कार्यक्रमका बीच उनले उक्त कविता संग्रह सार्वजनिक गरेका हुन् ।
उनको यो पहिलो कविता संग्रह हो ।
स्वर्गद्वारी ५, प्यूठानका उनी शिक्षण पेशामा आवद्ध छन् । कविता, निबन्ध, कथामा कलम चलाउने उनको पहिलो कृति चिहानमाथि महल बनाइरहेको मान्छे (कवितासंग्रह) भर्खरै बजारमा आएको छ ।
बिएन पुस्तक संसारबाट प्रकाशित कविता संग्रहमा ६६ वटा कविता संग्रहित छन् ।
दशकौ देखि कविता लेख्न थालेका अस्तित्व विभिन्न साहित्यक पुरस्कारबाट पुरस्कृत समेत भएका छन् ।