ट्रेन्डीङ्ग

अरुले दश वर्षसम्म नगरेको कुरा आफुले निर्वाचित भएको दश महिनामा सम्बोधन गरेको सुर्य थापाले उद्घोष गर्नुभयो । निर्वाचित भएको एक वर्षमा प्युठान भ्रमणमा रहेका थापाले २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा “प्युठानमा हिजो, आज र भोली” प्रश्नहरूको घेरामा जनप्रतिनिधि विषयक बहस कार्यक्रमको वक्ताका रुपमा रहनुभएका संघीय सांसद थापाले यस्तो भताउनुभएको हो । सडक, पुल, शिक्षा, स्वास्थ्य, विद्धुत लगायतका विषयमा संसदमा आवाज उठाएको र चार सय भन्दा बढी विकासका एजेन्डाहरु मन्त्रालयमा सिफारिस गरि दर्ता समेत गराएको उहाँले जानकारी गराउनुभएको छ । निर्वाचित भएको एक वर्ष मात्र भएको छ, अबको चार वर्षको अवधीमा आफुलाई मत दिएका आम मतदाताहरुले कल्पना गरेको भन्दा बढी महत्वाकांक्षी योजना निर्माण गरि देखाउने प्रतिबद्धता गर्नुभयो । प्युठान जिल्लामा साहित्य क्षेत्रमा अहिलेसम्म व्यवस्थित र उत्कृष्ट कार्यक्रम भएको प्रसंशा गर्दै सांसद थापाले भविष्यका कर्णदार रहेका बालबालिका लक्षित यो कार्यक्रम कोसेढुङ्गा सावित हुने बताउनुभयो । साहित्यलाई अङ्गालेर शिक्षिका समेत रहेका बिमला खनाल र राजकुमारी कवरको उदाहरण तथा बधाई दिदै महिलाहरुले पनि अवसर पाए कुनैपनी काम गर्न सक्ने समेत बताउनुभएको छ । साथै विकास निर्माणको प्रक्रियामा विकास हुनुभन्दा पहिले हुने क्षतिभन्दा त्यसपछि हुने लाभको प्रतीक्षा गर्न समेत आग्रह गर्नुभयो ।

२८ औं राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा “प्युठानमा हिजो, आज र भोली” प्रश्नहरूको घेरामा जनप्रतिनिधि विषयक बहस कार्यक्रम समेत भएको हो । जुन कार्यक्रमको वक्ताका रुपमा संघीय सांसद सुर्य थापा, प्रदेश सभा सदस्य निमा गिरि र प्युठान नगरपालिकाका प्रमुख विष्णु योगि थिए भने सहजकर्ता घनश्याम अस्तित्व रहनुभएको थियो । कार्यक्रममा जनताका चासो, गुनासो र सर्वाङ्गिण विकासका सवाल जस्ता विषयमा प्रश्नोत्तार रहेको थियो ।

कार्यक्रममा पुस्तक समिक्षा, कथा, कविता, निबन्ध लेखन नेखन तथा वाचन, चित्रकला, हस्तकला, नृत्य, अभिनय लगायतको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन भैरहेको छ । अन्य धेरै विद्यालयबाट समेत विद्यार्थीहरु सहभागी भएका छन् ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिस्थापनका पुर्व कुलपति के के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिस्थापन प्रज्ञा परिषद सदस्य डा. कौशिला रिसाल, इशावति कुर्मी, बुँद राना, वरिष्ठ पुस्तकालय विद इन्दिरा वलि, नेबासासका पुर्व अध्यक्ष तथा सल्लाहकार तेज प्रकाश श्रेष्ठ, प्रा. धुर्व कुमार घिमिरे, सिर्जना शर्मा, राधेश्याम लेकाली सहित ४० भन्दा बढी अतिथि प्रशिक्षकहरुको उपस्तिथि रहेकोे कार्यक्रममा १ दर्जन भन्दा बढी पुस्तकहरु समेत विमोचन भएका छन् ।

नेपाल बाल साहित्य समाजको आयोजनामा प्युठानको जनता माध्यमिक विद्यालयमा भैरहेको कार्यक्रमभोलि आइतबार समापन हुनेछ । साथै नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले अहिलेका बालबालिकालाई पठनपाठनमा मात्र नभई बाहिरी ज्ञान र जीवनको परिक्षामा समेत सफल हुनेगरी अग्रसर बनाउन आग्रह गर्दै शनिबारको कार्यक्रम समापन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय