ट्रेन्डीङ्ग

प्यूठान (खलंगा) । जिल्ला कारगार प्यूठानमा बन्दी रहेका  एक कैदीको मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा थुनामा रहनुभएका स्वर्गद्वारी नगरपालिका ३ निवासी ७२ वर्षीय खगिराम राम्जालीको बुधवार मृत्यु भएको हो । राम्जालीको बिरामी भइ जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा बुधवार राति मृत्यु भएको हो । मृतकको शवलाइ पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो । राम्जाली कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ गते देखि कारगार चलान हुनुभएको थियो । कर्तव्य ज्यान मुद्दामा राम्जालीलाइ १५ वर्षको सजाय सुनाइए अनुसार प्युठान कारागारमा कैद भुक्तान गरीरहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय