प्युठान खवर । प्यूठान र अर्घाखाँचीको सिमानामा पर्ने राष्ट्रीय गौरवको ‘नौमुरे’ बहुउद्देश्यीय योजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ।
अहिले सम्म आयोजनाको भौगोलिक अध्ययन, डिजाइन, ड्रिलिङ, लेआउट लगायतका काम सकिएको र वातावरणीय प्रभाव मूल्यांकन(इआइए)को काम भईरहेको आयोजनाका इन्जिनियर शंकर बहादुर साउदले बताउनुभयो।
‘हामी काम पूरा गर्ने चरणमा छौँ,’आउदो चैत्र महिनाभित्र अध्ययन पूरा भईसक्छ,त्यसपछि थप काम शुरु हुन्छ ।’ उहाले भन्नूभयो।
सरकारले चार वर्षअघि २० करोड रुपियाँ विनियोजन गरेपछि नेपालका दुई र एक स्पेनी कम्पनीले यस्को प्रिभिजिबिलिटीको काम गरिरहेको छ। साउदका अनुसार कम्तिमा ६ बर्षमा निर्माण सम्पन्न गर्न सकिने यो आयोजनाको १ खर्ब ६ अर्व लागत अनुमान गरिएको छ ।
समाजशास्त्री प्रकाश घिमिरेले स्थगलगत रुपमै नौमुरे प्रभावित क्षेत्रका बासीन्दाको राय र लगत संकलनको काम भएको बताउनुभयो।
उहाका अनुसार प्रभावित क्षेत्रको बातावरणीय प्रभाव मुल्याङ्कन र प्राभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजना भित्र पर्ने जग्गा, रुख लगाएतको लगत संकलन भइसकेको छ ।
नौमुरे बहुउद्देश्यीय आयोजनाअन्तर्गत नौमुरे, लामाताल र सुरईनाका गरी तीनवटा जलविद्युत आयोजना सञ्चालन गरिने सरकारको योजना छ।
नौमुरेको उत्पादन क्षमता २१८.३४ मेगावाट रहने र १ सय ६९ मिटरको ड्याम बाँधेर नौमुरेलाई जलासय युक्त बनाउने प्रस्ताब गरिएको छ । नौमुरेमा मुख्य बाँध बनाउँदा करिब १८ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्नेछन।
लामातालमा रिरेगुलेटिङ्ग (सहायक बाँध) निर्माण गरेर कपिलवस्तु र बडकापथ तथा प्रगन्ना र सिक्टा सिँचाइलाई पानी लैजाने गरि विद्युत विकास विभागले अध्ययन गरेको छ ।
यो बाधले १.२२ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने इन्जिनियर साउदले बताउनुभयो । यसबाट ८ मेगावाट बिजुली उत्पादन हुन्छ ।
त्यस्तै,लामातालबाट निस्केको पानीलाई कपिलवस्तुको सुरईनाकामा लगेर अर्को विद्युत् गृह निर्माण गर्ने प्रस्ताब गरिएको छ । यसबाट ५४.७ मेगावाट बिजुली उत्पादन हुनेछ ।
अध्ययन टोलीका प्रमुख डा. नारायण भक्त श्रेष्ठ्ले यी संरचना बनेपछि कपिलवस्तुको ३० हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने बताउनुभयो ।
नौमुरेको सर्वेक्षण २०४४ मै भएको हो। त्यसवेला सरकारी विशेषज्ञ टोलीले ९० मिटरको बाँध निर्माण गरी २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो। तर विद्युत विभागले अहिले गरिरहेको अध्ययनमा नौमुरेको तीन ओटै आयोजनाको कुल उत्पादन क्षमता २८१.४ मेगावाट रहने देखिएको छ।
‘जलाशयको बाँध कम बनाउँदा प्युठान र अर्घाखाँचीका थुप्रै भुभाग डुब्ने देखिएपछि पहिलेको भन्दा बाँधको उचाई ८० मिटर बढाइएको छ। जसले गर्दा यी दुवै स्थान डुब्नबाट जोगिनेछन,’ श्रेष्ठले भन्नुभयो।
प्रारम्भिक प्रतिवेदन अनुसार नौमुरे आयोजना निकै सस्तो र बहुउपयोगी परियोजनाका रुपमा हेरिएको छ । लुम्बिनी प्रदेश सरकारले समेत नौमुरेलाई प्राथमिक्तामा राखेको छ। यसैबिच शितगंगा -७ लामातालमा नौमुरे आयोजनाको कार्यालय स्थापना भएको छ। आयोजनाको डिपीआर अन्तिम चरणमा पुगेकाले प्रारम्भिक काम अघि बढाउन कार्यालय स्थापना गरिएको आयोजनाका ईन्जिनियर शंकर प्रसाद साउदले जानकारी दिनुभयो।