ट्रेन्डीङ्ग

तेजेन्द्र बिएम,
प्यूठान खवर । प्यूठान नगरपालिका वडा नं. ६ का सेवाग्राहीहरुले सेवा प्रदायक निकाय वडा कार्याललाई कार्यालयले गरेको विकास निर्माण बारे गुनासै गुनासा गरेका छन । वडा कार्यालयले गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका स्थानीयवासीले विकास निर्माण बारे गुनासो गरेका हुन् ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिले आफ्नो पाइ भेग मिलाएर मात्र विकास निर्माणका योजनाहरु छनौट गर्ने गरेको दुखेसो गरेका छन् । महिला तथा लक्षित वर्गका लागि वडा कार्यालयले बजेट नछुट्याउने र छुट्याए पनि कार्यान्वयन गर्ने नगरेको स्थानीय सावित्रा पोख्रेलले बताउनुभयो । खेलकुद, कला तथा संस्कृतिको क्षेत्रमा केन्द्र स्तरबाटै बजेट बिनियोजना भएर आएपनि वडाले कार्यान्वयन गरेको स्थानीयवासीको आरोप थियो ।

गाउँको विकासको लागि एकमुष्ट बजेट विनियोजना हुनुपर्नेमा कनिका छरेजस्तै बजेट पार्दा न्योचित विकास हुन नसकेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई थियो । आ.व. २०७७/०७८ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कमानसिंह पुन मगरको अध्यक्षता, नगर प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतित्थ्यता तथा वडा सचिव सुर्य बहादुर गैरेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।


सोही अवसरमा विभिन्न कार्यक्रम तथा विकास निर्माणका उत्कृष्ठ भूमिका खेल्ने स्थानीयवासीहरुलाई वडा कायालयले सम्मान गरेको छ । विकास निर्माणमा योगदान पुर्‍याउने मोतिराम भण्डारी, महिला स्वास्थ्य स्वयंसेविका नारायणी केसी, धर्मावती मा.वि. लम्छ्याङनेटामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्मित २ कोठे भवन निर्माण उपभोक्ता समिति अध्यक्ष इमानसिंह पुन, आमडाँडा मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बविता भण्डारी लगायतलाई सम्मान गरीएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय