नगरपालिकाका १० हजार घरधुरीलाई २० युनिटसम्मको विद्युत महसुल फ्रि : मेयर कक्षपति

तेजेन्द्र बिएम,
प्यूठान खवर । प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिका क्षेत्रका करिब १० हजार घरधुरीलाई न्युनतम २० युनिटसम्मको विद्युत महसुल नलाग्ने बताउनुभएको छ । नगरपालिकाको नगरसभाबाट पारित भई चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागु हुने उहाँले घोषणा गर्नुभएको हो ।

प्यूठान नगरपालिका वडा नं. ६ को कार्यालयले आयोजना गरेको वार्षिक समिक्षा तथा समिक्षा कार्यक्रमममा उहाँले यस्तो घोषणा गर्नु भएको हो । थोरै रकम विद्युत कार्यालयसम्म तिर्न आउँदा झन्जट र खर्चिलो भएको भन्दै नगरपालिकामा २० युनिटसम्म महसुल आउने जोसुकैले पनि लाभ लिनसक्ने उहाँले जानकारी दिनुभयो ।

 

त्यसैगरी घरमै सुत्केरी भई जोखिम ब्यहोरीरहेका सुत्केरीहरुलाई एम्बुलेन्स सेवा, कृषकहरुलाई कोल्डस्टोर सेवा, घ वर्षको अपाङ्गता भएकाहरुलाई पनि थप भत्ताको व्यवस्था गरीएको उहाँले जानकारी दिनुभयो ।