ट्रेन्डीङ्ग


काठमाडौं, जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गर्नुभएको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा बिघटन गरी दुई चरणमा निर्वाचनको मिति तोक्नुभएको हो ।

मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले बिज्ञप्तीमार्फत जानकारी दिएको छ । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गर्नुभएको थियो ।

राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोक्न सिफारिश गर्नुभएको हो । सरकारको निर्णयअनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरी निर्वाचनको मिति तोक्न गरेको सिफारिशलाई राष्ट्रपतिले कार्यान्वयन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय