प्यूठानमा १५९ जना नया क्षयरोगका बिरामी थपिए, १४ जना कुस्ठ रोगिहरु उपचारमा

बोम बहादुर परियार ,                                                प्युठान खबर । जिल्ला स्तरीय क्षयरोग तथा कुस्ठ रोग कार्यक्रमको कोहर्ट नतिजा बिस्लेषण तथा दोस्रो चौमासिक समिक्षा गोष्ठी आज स्वास्थ कार्यालय प्युठानमा सम्पन्न भएको छ ।
यस आर्थिक बर्ष २०७७/७८ को दोस्रो चौमासिक सम्म प्युठान जिल्लाभर बाट १५९ जना नया क्षयरोग (टि बि) का बिरामी पत्ता लागेका छन । जसमध्य प्युठान नगरपालिका बाट ३६ , स्वर्गद्वारी नगरपालिका २२,मल्लरानि गाउपालिका २८ , झिमरुक गाउपालिका ६ , नौबहिनी गाउपालिका १५ ,गौमुखि गाउपालिका ३, माण्डवी गाउपालिका १६, ऐरावती गाउपालिका १६ र सरुमारानी गाउपालिका बाट १७ गरि जम्मा १५९ जना नया बिरामी पुष्ठि भइ उपचारमा हरेको स्वास्थ कार्यालय प्युठानका निमित्त प्रमुख मदुसुदन खड्काले बताउनु भयो । यो रोग १५ बर्ष देखि माथि र ४४ बर्ष देखि मुनिका मानिस हरुमा बढि देखिएको उहाले बताउनु भयो ।
त्यस्तै यस आर्थिक बर्षको चौमासिक सम्म जिल्लामा ४ जना नया कुस्ठ रोगका बिरामी थपिएका छन । थपियसङ्गै हाल प्युठान जिल्लाभर १४ जना कुस्ठ रोगिहरु उपचारमा रहेका छन ।
चौमासिक समिक्षा कार्यक्रममा जिल्लाका प्रत्यक पालिकाबाट स्वास्थ साखा प्रमुख को उपस्थिति रहेको थियो । कार्यक्रम को सन्चालन स्वास्थ कार्यालय प्युठानका कोल्चेन अधिकृत कोशल राज बैद्धले गर्नुभएको थियो ।