प्युठान स्वर्गद्वारि दुर्घटना अपडेट : ६ जना घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

प्युठान खबर । जीप दुर्घटनामा गम्भिर घाईते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाईएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको अगुवाईमा नेपाल आर्मीको हेलिकप्टर मार्फत घाईतेलाई काठमाडौं पठाईएको हो । गम्भिर घाईते सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गिता मुखिया, अनिश मुखीया र सन्दीप परियारलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । अन्य ५ जना घाईतेको प्युठान अस्पताल विजुवार र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।