ट्रेन्डीङ्ग

प्यूठान खवर । आज नयाँबर्षको दिन भ्रमणका लागि स्वर्गद्वारी आएको लु१ ज १६५५ नंम्बरको बोलेरो जिप प्यूठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना हुँदा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु भएको छ ।
जिपका चालक सहित दुईजनाको घटनास्थल र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारको क्रममा मृत्यू भएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयो । घटनामा अन्य ११ जना घाईते छन् । घाईतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भईरहेको प्र.जि. अधिकारी भुषालले जानकारी दिनुभएकोछ । उक्त जिप स्वर्गद्वारी तर्फ जादै गर्दा आज दिउसो करिव १२ बजे दुर्घटनामा परेको हो । जिज सडकबाट करिब १ सय ५० मिटर तल खसेको उहाले बताउनुभयो । घटनामा केही गम्भिर घाईते छन् । थप बिबरण प्राप्त हुन बाँकि..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय