निर्वाचित वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिमा पराजित

प्यूठान खवर । गंगा माध्यामिक विद्यालय बहाने प्युठानको विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा वडा अध्यक्ष पराजित भएका छन । उनलाई स्थानीय बलेन्द्र केसिले वडा अध्यक्ष माधवसिह केसिलाई ६३ मत अन्तरले पछाडि पार्दै बिजयि भएका हुन । विजयि अध्यक्ष वाम गठवन्धनका साझा उम्मेद्वार हुन भने पराजित वडा अध्यक्ष नेपाली कांग्रेसबाट उम्मेद्वार थिए ।

चुनावी नतिजा अनुसार बलेन्द्र केसीले २५६ मत लिई प्यानल सहित अध्यक्षमा विजयी भएका हुन । त्यसैगरि
माधवसिह केसिले १९३ मत पाएका थिए ।
बाम गठबन्धन सहित समितिको निर्वाचनमा बलेन्द्र केसि प्यानलका बल बहादुर केसि, मनिषा पुन र दिपा घर्ति विजयी भएका हुन ।

बलेन्द्र केसीका प्रतिस्पर्धि माधव केसी नौबहिनी गाउपालिका वडा न ६ का निर्वाचित वडा अध्यक्ष नेपाली कांग्रेस निकट हुन । कुल ५४० अभिभावक मतदाता रहेको निर्वाचनमा ४ सय ८२ मत खसेको थियो । स्मरणीय छ, निर्वाचित वडा अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहने भएपनि उनी विद्यालयको अध्यक्षमा प्रतिष्पर्धा गरेका हुन ।

चुनावि मत परिणामको नतिजा यश प्रकार रहेको छ ।
बलेन्द्र केसी – २५६ बिजयी
बल बहादुर केसी – २३९ बिजयी
मनिषा पुन – २३१ बिजयी
दिपा घर्ती – २३६ बिजयी

माधव केसी – १९३
बिष्णु घिमिरे – २०८
सरोज माया राना – २११
निर्मला सुबेदी – २१२