ट्रेन्डीङ्ग

प्यूठान खवर ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा केपि शर्मा ओली निकट अखिल नेपाल महिला संघको जिल्ला भेला विजुवारमा सम्पन्न भएको छ । संघको केन्द्रिय सचिवालय सदस्य सरस्वती न्यौपानेको प्रमुख आतित्थयता एव‌ प्युठान क्षेत्र नं २ का प्रदेश सभासद हरी प्रसाद रिजाल तथा नेकपा जिल्ला अध्यक्ष तुलसीराम शर्माको विश्ष आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि न्यौपानेले अहिले केपि शर्मा ओलीले लिएको मार्गदर्शक बाटोमा सबै महिला एकजुट लाग्नु पर्ने र यही समुले मात्र महिल हक अधिकारको सुनिश्चितता हुने दाबी गर्नुभयो । कार्यक्रममा बिशेष अतिथि रिजालले पतनको बाटो रोजेका पुर्व सहकर्मिहरुलाइ स्मरण गर्दै अहिले अन्जानमा बाटो बिराए पनि ढिलो चाँडो केपि शर्मा ओली प्यानलमै उनिहरु समाहित हुने ठोकुवा गर्नुभयो ।

 

सत्ता र पदका लागि गुट बनाएर अहिले सडकमा गएका साथिहरुले सुखि नेपालि समृद्ध नेपाल बनाउने अभिभारा सहित अग्रसर सरकारको प्रगति देख्न नसकेर अत्तालिदै बाटो बिराए पनि प्युठान जिल्लामा आफूहरु सबै एकै ठाउँमा रहेकाले समयमै सचेत बनेर अग्रगतिको बाटो समावेश हुन नेकपा प्युठानका अध्यक्ष तुलसिरामा शर्माले बताउनुभयो ।

नेकपा केन्द्रिय सदस्य एवं अनेमसंघ जिल्ला इन्चार्ज कमला रिजालले झुटको राजनिती गरीरहेका प्रचण्ड माधव नेपालको समुहलाइ अग्रगमनको बाटोमा लागिरहेको केपि ओली सरकारको विकासे काम देखेर नअत्तालिन र सडकको राजनिती छोड्न सुझाव दिनुभयो ।

 

धना कार्किको अध्यक्षता रहेको कार्यक्रममा पवित्रा जिसिले स्वागत मन्तव्य रहेको थियो भने भगवति खड्काले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।  कार्यक्रममा जिल्लाभरबाट अगुवा महिला कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

१५१ सदस्यीय सम्मेलन आयोजक समिति गठन

जिल्ला भेलाले अखिल नेपाल महिला संघको १५१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । धनादेवी कार्किको अध्यक्षतामा आयोजक समिति गठन भएको हो । त्यसैगरी २५ जना रहने गरी कार्यालय सदस्य समेत गठन गरीएको छ । सोही भेलाबाटै क्षेत्र नं १ मा गौरी भट्टराइ संयोजक र शान्ता विष्ट सचिव रहने गरी क्षेत्रीय समिति गठन गरेको छ भने क्षेत्र नं २ मा ज्ञानुमाया केसी संयोजक तथा राधिका खड्का सचिव रहने गरी क्षेत्रिय समिति गठन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय