नेरेसो प्यूठानको ३५ ओ साधारण सभा सम्पन्न : विभिन्न सहयोगदातालाई सम्मान

प्यूठान खवर ।
देविराम शर्मा । नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको ३५ औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश माननीय सदस्य श्री हरी प्रसाद रिजालको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीको अध्यक्षतामा जिल्ला सभा सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको आयोजना र ने.रे.सो. धर्मावती उपशाखाको आतिथ्यतामा आज मिति २०७७ फागुन १० गते बाग्दुला स्थित पतञ्जली योग हलमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटीका आधारभूत सिद्धान्त अनुरुप नेपाल रेडक्रस जिल्ला शाखा लाइ विभिन्न समयमा महत्वपूर्ण सहयोग पुर्याउने संघसंस्था, कार्यालय, तथा व्यक्तिहरुलाई प्रंशसा पत्र, कदर पत्र तथा दोसल्ला सहित सहित सम्मान गरिएको छ ।

शाखाका सभापति गुमानराज पुलामीले स्थापना गर्नुभएको तुलक स्मृति पुरस्कार कोष बाट बार्षिक रुपमा उत्कृष्ट स्वयंसेवकलाई सम्मान गर्ने कार्यक्रम अनुसार यस बर्ष पनि उत्कृष्ट स्वयंसेवकको रुपमा मल्लरानी गा.पा. ४ खलंगा निवासी श्री वसन्तलाल शाक्य लाई नगद रु. ५०००।– र दोसल्ला सहित सम्मान गरिएको छ ।

उपशाखामा विजयनगर उपशाखा प्यूठान नगरपालिका वडा नंं.३, रक्तदाताहरुमा १) मनोज सुवेदी २) डिल बहादुर धामी क्रियाशील संघसंस्थाहरुमा ः नागरिक सरोकार समाज, प्यूठान क्रियाशील स्वास्थ्यकर्मीहरुमा १)पुष्कल प्रसाद श्रेष्ठ २) ध्रुव कुमार पोख्रेल त्यसैगरी गा.पा.÷न.पा.हरुमा प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका, सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका, र कर्मचारी तर्फ शाखाका पूर्व कर्मचारी श्रीधर शर्मालाई कार्यक्रमको प्रमुख अतिथि, विशेष अतिथि लगाएतले सम्मान गर्नुभएको छ ।

साधारण सभाको अवसरमा मन्तव्य दिदै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय सदस्य हरी प्रसाद रिजाल ले रेडक्रस निश्वार्थ स्वयंसेवी संस्था भएको बताउनुभयो साथै कोभिड महामारीको समयमा रेडक्रसकर्मीेहरुले गरेको योगदानको प्रशंसा समेत व्यक्त गर्नुभयो । रेडक्रसको लागि जहाँ जस्तो अवस्थामा रहे पनि सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, इन्द्रध्वज गणका गणपति अर्जुन विक्रम थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्ल लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहको थियो ।

सोही कार्यक्रमको अवसरमा जिल्ला शाखाको बार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम शाखाका मन्त्री दामोदर शर्मा र आर्थिक प्रगति प्रतिवेदन तथा प्रस्तावित वजेट कोषाध्यक्ष घनश्याम न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा ने.रे.सो. जिल्ला शाखा अन्तर्गतका उपशाखाका सभापति लगाएत अन्य पदाधिकारीको उपस्थितिमा रहको थियो । साधारण सभाले ७ बुंदे धर्मावती घोषणा पत्र तयार गरेको छ । कार्यक्रमको सञ्चालन जिल्ला शाखाका मन्त्री दामोदर शर्माले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य ने.रे.सो. धर्मावती उपशाखाका सभापति श्री भिमकान्त सुवेदी गर्नुभएको थियो । कार्यक्रमको अवसरमा रेडक्रस गीत, नृत्य लगाएतका सांस्कृतिक कार्यक्रम पनि रहेका थिए ।