ट्रेन्डीङ्ग

प्युठान खवर । गौमुखी गाउँपालिका प्युठानले निर्माण गर्न थालेको आधारभुत अस्तपतालको विषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाले असन्तुष्टि जनाएका छन । शनिवार बिज्ञप्ति जारी गर्दै गाउँपालिकाको अदुरदर्शि निर्णयले गाउँपालिका पछि पर्ने बताइएको छ ।

 

नेकपा गौमुखिका सचिव जुमानसिह जिसि र जनमोर्चा गौमुखिका अध्यक्ष जनक केसिद्वारा सयुक्त बिज्ञप्ति जारी गर्दै गाउँपालिकाले स्थानीय दलहरुलाइ उपयोग गर्दै आफुखुसि निर्णय गरेकोमा आपत्ति जनाएका हुन् ।

हेर्नुहोस बिज्ञप्तिको पुर्ण पाठ ।

सुंयुक्त प्रेस वक्तव्य

प्यूठानको गौमुखी गाउँपालिकामा यस आर्थिक वर्षमा निर्माण प्रारम्भ हुने १५ शैयाको आधारभुत अस्पताल निर्माण गर्ने बारे गाउँपालिका र स्थानीय राजनैतिक दल बिच बिगत केही महिना अघि देखि निरन्तर बैठक र छलफल भईरहेको थियो । बैठकमा खास गरी २०३६ साल देखि पुजा हेल्थ पोष्ट रहेको स्थान पुजा लिवासेमा २०७५ सालमा गौमुखी गाउँपालिकाले गाउँपालिका केन्द्र समेत तोके पछी अस्पत्ताल र गाउँपालिकाको दिर्घकालिन विकासको लागि जमिन अप्रयाप्त हुने तथा विद्यमान सरकारी मापदण्ड नपुग्ने स्थितीको साझा बुझाई रहेको थीयो ।

 

यो समस्या हल गर्न विज्ञ सहितको अधिकार सम्पन्न प्राविधिक समिती गठन गरेर निःशुल्क जग्गा आब्हान गर्ने र प्राविधिक दृष्टिकोणले उपयुक्त स्थानमा अस्पत्ताल स्थापना गर्ने तथा त्यसमा कुनै नीतिगत समस्या भएमा सामूहिक रुपमा सम्बन्धित निकायमा जाने समेत समझदारी भएको थियो । यस बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पर्क समेत भैरहेको सबैमा जगजाहेर नै छ । स्थानीय जनताबाट लिवासे आसपासका केही जमिन निःशुल्क प्रदान गर्ने प्रस्तावहरू उपर जग्गा छनौट प्राविधिक समिती र गाउँपालिकाबाट प्राथमिकता क्रम समेत तोकिएको थियो । त्यस पछि पनी निःशुल्क जग्गाको थप प्रस्तावहरु पनि आइरहेका थिए ।

 

यसै बीच गाउँपालिकाले ९ रोपनी भन्दा बढी जमिन निःशुल्क रुपमा प्राप्त गर्ने अवसरलाई वेवास्ता गर्दै यहि माघ १५ गते गाउँकार्यपालिकाले लिवासेमा नै आधारभुत अस्पत्ताल निर्माण गर्ने निणर्य गरेको कुरा जानकारीमा आय पश्चात हामीहरुलाई अत्यन्तै गम्भिर बनाएको छ । त्यसो नै गर्नु थियो भने यति लामो समय सम्म यो नाटक गर्नुको कुनै औचित्य थिएन । यसले समग्र आम जनमानसमा अविस्वासको वातावरण सिर्जना गराएको छ ।

 

यसबाट गाउँपालिकाको अदुरदर्शी र गैरजिम्मेवारी पूणर् कार्यशैली झनै प्रस्ट भएको छ । लामो समय सम्म प्राविधिक समिती र दलहरुलाइ उपयोग गरेर जग्गा छनौट गर्ने बहानामा स्थानिय जनताहरुको आपसी एकतालाई खलल पुर्यारउने र आखिरमा घुमिफिरी रुम्जाटार भने जस्तो गरी निणर्य गर्ने परिपाटीले हामिलाई गम्भीर वनाएको छ । यसरी स्थानिय राजनीतिक दलहरुको निरन्तरको सहयोग र सुझाब विपरीत गौमुखी गाउँपालिकाको दृघकालिन हित विरुद्ध जाने गाउँपालिकाको गैर जिम्मेवार कार्य शैली प्रती गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय