ट्रेन्डीङ्ग

प्युठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट्र पार्टि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधब कुमार नेपाल सच्चिएर आए अझै मिलेर अघि बढन सकिने बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारलाई काम गर्न नदिएको र पार्टीमा गडबडी गरेकोमा प्रचण्डले क्षमा मागेर आएको खण्डमा अझै मिलेर जान सकिने धारणा राखे।

‘एमाले र माओवादी एकतापछि केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा प्रचण्ड अहिले पनि अध्यक्ष हुँदै हुनुहुन्छ, सच्चिएर आउँछन भन्ने ठानेर अरु नेतामाथि पनि कार्वाही गरिएको छैन, अलिक गडबडी गर्न खोजेकोले अध्यक्षको कार्यकारी अधिकार मात्रै खोसिदिएको छ, अरु त बाँकी नै छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘पार्टी एकता कायमै राखेर चुनावमा जान सकिन्छ । केही बिग्रिएको छैन ।’

 

मुख्यमन्त्री पोखेलले प्रचण्ड र माधव समुहमा देश, जनताको बिषय भन्दा आफ्नो ब्यक्तिगत सुखसयल र पार्टीको सम्पत्ति कब्जातिर रहेको तथ्य पनि खोल्न भ्याए । ‘उहाँहरुको ध्यान देश र जनतातिर होइन, आफ्नो स्वार्थमा मात्रै केन्द्रित देखियो, खाता रोक्का गर्ने भनेको पार्टी नचलाउने भनेको हो, पार्टी नचलाई, जनताको बीचमा नगई चुनाव कसरी जित्न सकिन्छ ?’ उनले भने, ‘जनताको भाग्य र भबिश्यमा चिन्ता रहेछन, लोभ त पार्टीको सम्पत्तिमा रहेछ, त्यसैले पार्टीको सम्पत्ति कब्जा गर्नैतिर लाग्नुभयो ।’

 

पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदमा नियुक्ति हुन नदिन प्रचण्ड र माधव नेपाल समुहले ठुलै प्रयाश गरेपनि बिफल भएपछि पार्टीबाट बाहिरिएको तथ्य समेत खोल्दै भने,’माधव प्रचण्डलाई अख्तियारमा मान्छे आयो भने जेल जान्छु भन्ने डर प्रष्टै देखियो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘त्यसैले अख्तियार खाली राख्नुपर्छ भन्ने पक्षमा उभिनु भयो । प्रधानमन्त्री अख्तियारसहित सवै संबैधानिक अंगमा नियुक्ति गराउने पक्षमा उभिनुभयो ।

 

जे–जे कुरा बाहिर भनेपनि अख्तियार खाली राख्नुपर्छ, नियुक्ति गरे जेल पुगिन्छ भन्ने कुरा प्रष्ट्र देखियो ।’मुख्यमन्त्री पोखरेलले चुनावमा नजाने प्रचण्ड र माधव नेपालको धम्कीप्रति पनि कडा प्रतिवाद गरे। चुनावमा जाँदा ब्यवस्था खतरामा पर्छ भन्ने तर्क जनताको अनुमतिबिनै मुलुक लुटने षडयन्त्रको संज्ञा पोखरेलले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय