ट्रेन्डीङ्ग

काठमाडौं, नेपाल टेलिकमले एफटीटीएच जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । नेपाल टेलिकमले एफटीटीएच सेवाका २० एमबीपीएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा अफर स्वरुप उपलब्ध गराएको हो ।

 

योजनाअनुसार एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नति गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने छ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक सीपीई र १ सय मिटरसम्म ड्रप फाइबरसमेत निःशुल्क उपलब्ध हुनेछ ।

 

यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नेछन् । एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत एक्स्ट्रिक १४१६ ह्यास डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३ सय एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ ।

 

यो डाटा टुजी, थ्रीजी, फोरजी सबै नेटवर्कमा चौबीसै घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ । मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३ सय एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् ।

 

हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षका लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिँदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएसलगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ । एफटीटीएच-जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् ।

 

यस अफरमा दैनिक ३ सय एमबीपीएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा १० हजार रुपैयाँभन्दा बढी), निःशुल्क पाइने सीपीई (प्रचलित मूल्य २ हजार ८ सय २५ रुपैयाँ) र १ सय मिटर ड्रप फाइबर (प्रचलित मूल्य १ हजार रुपैयाँ) गरी कुल १३ हजार रुपैयाँभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ । एफटीटीएचमार्फत हाल तीव्र गतिको डाटा सेवा र भ्वाइस सेवा उपलब्ध भइरहेको छ । निकट भविष्यमा कम्पनीले आईपीटीभी सेवा उपलब्ध गराएपश्चात् यो सेवा थप लोकप्रिय हुने अपेक्षा गरिएको टेलिकमको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय