ट्रेन्डीङ्ग

अरूण पौडेल,

प्युठान खवर । पछिल्लो समय नेपाली गित संगित बजारमा एकपछि अर्को नया प्रतिभा जन्मने क्रम बढ्दो छ । कला र गला भएका नवप्रतिभाहरूले पछिल्लो समय युटुवहरू मार्फत यस्ता प्रतिभा सार्वजनिक गर्दै आएका छन् ।

पछिल्लो साता K& K Entertaitment मार्फत गितकार बन्दनाको फुलको माला गीति संग्रह बजारमा आएको छ ।
नेपाली गीत संगीत क्षेत्रमा दिनानुदिन सयौं गीतहरुको भिडिमा यो गितले कत्तिको स्रोताहरूको मन तान्ने हो त्यो हेर्नै बाकि छ । कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित रहिरहेको अवस्थामा पछिल्लो साता अपलोड भएको यो गितले दर्शकहरूको ध्यान भने बिस्तारै खिचिरहेको छ ।

गीतकार बन्दना पराजुली (भुसाल)ले अहिले नेपाली दर्शक स्रोताहरुका माझमा पस्केको यो गितमा पछिल्लो समय चर्चित एवं भाईरल गायिका रचना रिमाल”ले स्वर दिएकि छिन । गीतमा संगीतकार पुष्कर सुनुवार’को संगीत तथा संगीत संयोजन रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।                                      https://youtu.be/eUfW3d7lld8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय